मधुवनलाई बालविवाह मुक्त बनाउने प्रतिवद्धता
Saturday, December 11th, 2021, 7:19 pm
Kalpristha
बर्दियाको मधुवन नगरपालिकालाई वि स २०८० भित्र बालविवाह मुक्त पालिका बनाउने प्रतिवद्धता जनाइएको छ , । प्लान नेपालको साझेदारीमा बाँके युनेस्क क्लव बाट संचालित बाल संरक्षण परियोजना अन्र्तगत सस्थाको आयोजना तथा पालिकाको समन्वयमा सम्पन्न तिन दिने बाल विवाह मुक्त अभियान संचालन निर्देशिका निर्माण कार्यशाला गोष्ठिमा सहभागिहरुले प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा नगर प्रमुख गणेश बहादुर क्षेत्रीले नगरपालिका र सस्थाको सहयोगमा बाल संरक्षण निति, कार्यविधि र बालविवाह विरुद्ध रणनीतिक योजना तयार गरेर कार्यन्वय समेत गर्दै आएको बताए ।
नगर प्रमुख क्षेत्रीको अध्यक्षतामा संचालित कार्याशाला गोष्ठीमा पालिकालाई बाल विवाह मुक्त घोषणा गर्नको लागि निर्देशिका समेत बनाउने उदेश्यले आयोजित गोष्ठीमा पालिकामा बाल विवाहको आस्था, चुनौती, सगै घोषणा गर्नको लागि चाहिने आवश्यक मापडण्द र सुचाङका बारे व्यापक छलफल पनि भएको थियो ।
कार्यक्रममा उपप्रमुख शुवरानी थारु, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, ९ वटा वडाका वडा अध्यक्ष, महिला तथा बालबालिका शाखा प्रमुख ईन्द्रा चुनारा, शिक्षा शाखा प्रमुख नारायण खनाल, प्रहरी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी बाँके यूनेस्को क्लव बाल संरक्षण परियोजना अन्र्तगत बर्दियाका ४ वटा पालिकालमा बिभिन्न जनचेतना मुलक कार्यक्रम र निति बनाउने काम गर्दै आएको बाँके युनेस्को क्लवका कार्यक्रम अधिकृत ईश्वर विकले जनकारी दिनुभएको छ ।