‘मेकअपपछि व्यक्तिमा खुलेको सुन्दरता देखेर खुसी लाग्छ’
Sunday, December 12th, 2021, 11:54 am
Kalpristha
नेपालगन्जको पहिलो मेकअप स्टुडियो सन्चालक सौन्दर्य कलाकार अनिशा शर्मासँग अन्तरंग
ब्युटिपार्लर र सौन्दर्य कला एक बढ्दो माग भएको व्यवसायमा स्थापित भइसकेको छ । आफ्नो भविष्य नै ब्युटिपार्लर वा सौन्दर्य कलामा खाोज्नेहरुको संख्या बढिरहेको छ । यही अवस्थामा ब्युटिसियन र मेकअप कला आर्जनका लागि उपयुक्त संस्थाको आवश्यकता नेपालगन्जजस्ता सहरहरुमा बढिरहेको छ । मेकअप स्टुडियो मनोरन्जन क्षेत्रमा आवश्यक सौन्दर्य कलाकार जनशक्ति उत्पादनका लागि पनि उत्तिकै आवश्यक मानिन्छ । काठमाडौंमा डेढ दशक अगाडि नै मेकप स्टुडियो एकेडेमीहरु सन्चालनमा आएपनि राजधानी बाहेकका सहरमा केही वर्षयता मेकप स्टुडियो एमेडेमीहरु सन्चालनमा आउन थालेका छन् ।
चार वर्ष पहिले सौन्दर्य कलाकार ‘मेकअप आर्टिस्ट’ अनिशा शर्माले नेपालगन्जमा पहिलोपटक ‘एस्थेट मेकप स्टुडियो एन्ड एकेडमी’ सन्चालनमा ल्याएकी थिइन् । उनै सौन्दर्य कलाकार शर्मासँग करुणा शाह (महारानी) ले गरेको कुराकानी :
१. मेकप स्टुडियो कस्तो चलिराछ ?
एकदमै राम्रो छ अहिले । मैले २०१६ बाट काठमाडौंमा शुरुवात गरेको हो । अनि चार वर्ष पहिला मैले सेतु विक चोकमा स्टुडियो सन्चालनमा ल्याएको हो । अहिले जिल्ला प्रशासन नजिक छ । पहिला धेरैले ब्युटीपार्लर र मेकप स्टुडियो एउटै हो भन्ने थियो । अब धेरैलाई थाहा भैसक्यो मेकप स्टुडियो के हो ? र काम के हुन्छ ? अब स्पेशल मेकपको चाहना धेरै जनाको छ । सबै जना मेकप कन्सेन्स हुदैछन् ।
२. मेकप स्टुडियो र ब्युटीपार्लरमा खास के फरक छ ?
धेरै फरक छ । काम गर्ने तरिका र प्रोडक्ट सबै फरक छ । प्रोफेसनल ले मात्रै काम गर्छन् मेकअप स्टुडियोमा । ब्युटीपार्लरमा हेयर कट, फेशियल, मेनिकेयर, पेडिकेयर, हेयर कलर, ब्राइडल मेकप गरिन्छ भने कस्मेटिक सामान पनि बिक्रीको लागि राखिन्छ । तर स्टुडियोमा विशेष फोकस मेकअप मात्रै हो । फोटो सुट, पार्टी मेकअप, ब्राइडल मेकअप, ब्रुम मेकप, मुभिमा अभिनय गर्ने कलाकारको मेकअप, म्यागेजिनको कभर फोटोसुट आदिका लागि मेकअप गरिन्छ ।
३ ‘एस्थेट मेकप स्टुडियो एन्ड एकेडेमी’ले के सुविधा दिरहेको छ ? कस्तो छ सेवाग्राहीको प्रतिक्रिया ?
सोच्दै नसोचेको पेसामा लागियो । तर पनि निकै सन्तुष्ट छु । छोटो समयमा निकै राम्रो रेस्पोन्स पाएको छु । फेसबुक, इन्स्टा, टिकटकबाट थाहा पाएर कति कस्टुमर आउनु हुन्छ । दाङ, सुर्खेत, धनगढी, गुलरिया, बुटवलसम्म गएर मेकप गरेको छु । जतिलाई गरें सबैले मन पराउनु भएको छ । अर्कोपटक उहाँको आफन्त, साथी भाइ अवस्य आउनु हुन्छ । पहिला मैले मेकअपको मात्रै सुविधा दिएको थिएँ । तर अहिले माहोल बुझ्दै जाँदा मेकप सँगसँगै अब मैले हेयर क्यारेटिन जस्को आइभ्रो निकै पातलो छ भने उहाँहरुलाई माइक्रोबेलेडिङ गर्छु जुन दुई वर्षको अवधीसम्म टिक्छ । १२ हजारदेखि १५ हजार सम्ममा गरिराछौँ । हाम्रो एकेडमी हो त्यसैले बेशिक एड्भान्स मेकप कोर्श, हेयर क्यारेटिन, नेल एक्स्टन्सन, बनाउटी नेल जोडने सबै काम हुन्छ ।
४. मानिसलाई थप सुन्दर बनाउनु कति गाह्रो छ ?
गाह्रो त सबै क्षेत्रमा छ । आफ्नो काममा रमाउनु पर्छ । तर यो अलि गाह्रै हो । पूरै समय उभिएर गर्ने काम हो । मेकअप अलि बिग्रीयो भने तुरुन्तै नेगेटिभ रेस्पोन्स आउँछ । एउटा को मेकअप बिग्रीयो भने अरु ५० जना लाई भन्छ । त्यसैले राम्रो प्रोडक्ट अनि कस्तो मेकअप हो सोही अनुसार समय दिएर मेकप गर्नु पर्छ । प्रोगाम कस्तो हो, फेश कस्तो छ, स्किन कस्तो सबै मेकपबाटै मिलाउने हो । धेरै उथेको गालालाई कम गराउने । कसैको बिग्रीएकोे नाक हुन्छ, मेकअपबाट सुधार्नुपर्छ । गाह्रो छ । तर मेकपअघि र मेकप गरिसकेपछि सोही व्यक्ती लाई देख्दा कति उसमा खुलेको सुन्दरता देखेर भने खुसी लाग्छ ।
५. आजभोली कतिपय ब्युटिसियनहरु पनि मेकप आर्टिस्ट बन्दैछन् । यसले कही फरक पर्छ मेकप स्टुडियो वा मेकप आर्टिस्टलाई ?
हो धेरैजाना ब्युटिटिसियनहरु अहिले मेकप आर्टिस्टको कोर्स गरिसक्नु भएको छ । पहिला त पार्लरमै सबै मेकप को काम, दुलहि श्रृंगार या अन्य सबै पार्लरमा नै हुन्थ्यो । अब यो डिप्लोमा हो भन्दा हुन्छ । अनि फोकस नै मेकअपमा । फरक केही पर्दैन । लगभग एउटै हो । तर अहिले मेकप स्टुडियो मा अलि बढि मानिस ले श्रृंगार गर्न रुचाउने र फ्लो गछनर्् । मैलेपनि सुरुमा काठमाडांै, सिङ्गापुर हुँदै थाइल्याण्डमा गएर फुल कोर्श गरेको हो । तर राम्रोसँग पूरै कोर्श गर्नु अनि यो पेशामा आउनु भन्छु म ।
६. महङ्गो हुन्छ रे स्टुडियो को मेकप भन्नेहरु धेरै छन् । कत्तिको महङ्गो हुन्छ तपाईं कहाँ ?
कस्तो मेकअप हो त्यही अनुसार छ । आजभोली सबैले क्वालिटी प्रोडक्ट र प्रोफेसनल आर्टिस खोज्छन् । पार्टी मेकअप, ह्याभि मेकअप, नेचुरल मेकअप, न्यूड मेकप, रातीको पार्र्टीमा सेक्सी अनि लठ्ठ आँखा देखाउने आँखाको मेकअप, स्मोकी आई, ब्राइडल मेकप हामी ले सुपथ मुल्यमा सेवा दिइरहेका छौँ । नर्मल दुलही मेकप १२ देखि १५ हजार । हावाको माद्यमबाट गरिने, जसमा हात टच नै हुदैन त्यो मेकपको २० देखि २५ हजार छ । काम राम्रो हुनुपर्यो सबैले मज्जाले दिनु भएको छ ।
७. मेकअप आर्टिस्टमै करियर बनाउन चाहनेलाई के छ तपाईको सल्लाह ?
अहिले एकदमै राम्रो पेशा भएको छ । सबैजना राम्रो अनि स्मार्ट देखिन चाहनुहुन्छ । केहि न केही प्रोगाम भैरहेको हुन्छ । तर पहिला राम्रोसँग राम्रो ठाउँमा सिकेर आउनुस् । प्रोफेसनल हुन जरुरी छ । प्रोडक्ट राम्रो हुनुपर्छ । अहिले त काठमाडौ, पोखरा, चितवनमा त केटी भन्दा केटा ले मेकप स्टुडियो राम्रो चलाइरहेका छन् । मुभी या कुनै पनि ब्युटी पेजेन्टमा प्रायः केटाहरु नै छन् मेकअप आर्टिस्टमा । अरुलाई मेकअप गरेर राम्रो देखाउने यो पेशामा आफू पनि राम्रो स्मार्ट देखिनु पर्छ । स्किन केयर को लागि बढी पानी पिउने, जङ्क फुड नखाने, महिनामा एक पटक फेशियल अनिवार्य गर्नुपर्छ ।
८. श्रीमान् वा घरपरिवारका सदस्य, साथिभाइ आफन्तलाई मेकअप गर्नु भएको छ ?
(हाँस्दै) घर परिवार, साथिभाइ र आफन्त लाई त जहिले पनि हरेक कार्यक्रम मा गरिरहेको हुन्छु । आजभोली सबैले मेरो मेकप नै मन पराउनु हुन्छ । म आफू सिम्पल मेकप गर्छु । श्रीमान् डेन्टिस्ट प्रतिक श्रेष्ठ साब बिजि बिजि । मेकप गरेर अझै राम्रो बनाउने समय पाएको छैन । अब स्पेशल दिन श्रीमान् लाई सुपर स्पेशल बनाउने छु । यो पक्का हो ।