कांग्रेस सह-महामन्त्रीमा बर्दियाका राठौर निर्वाचित
Friday, December 17th, 2021, 5:10 pm
Kalpristha
नेपाली कांग्रेसको खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन् । शेखर प्यानलका देवराज चालिसेलाई पराजित गर्दै देउवा किशोरसिंह निर्वाचित भएका हुन् ।
किशोरले २५७६ मत पाए भने देवराजले २५५९ मत ल्याए ।
यस्तै, थारुतर्फको सहमहामन्त्री पदमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् ।
उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।
पिछडिएको क्षेत्रबाट कांग्रेसको सह-महामन्त्रीमा भने शेखर कोइराला पक्षका बद्री पाण्डे विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जीवनबहादुर शाहीलाई २७८ मतान्तरमा पराजित गर्दै पाण्डे विजयी भएका हुन् । कणर्ालीका मुख्यमन्त्रीसमेत रहेका शाहीलाई पाण्डेले पराजित गरे ।
पार्टी कार्यालय सानेपामा भएको मतगणनामा पाण्डेले २ हजार ४११ मत प्राप्त गरेका छन् । कणर्ालीका मुख्यमन्त्रीसमेत रहेका शाहीले २ हजार १३३ मत प्राप्त गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । यस्तै तेस्रो स्थानमा देखिएका चेतराज बजालले ९९ मत ल्याएका छन् ।
मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर शेख वकीललाई ९०१ मतान्तरले हराउँदै विजयी बनेका छन् । मन्सुरले २ हजार ७७६ र वकीलले १ हजार ८७५ मत प्राप्त परेका छन् ।
यस्तै महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भिष्मराज आङ्देम्बे निर्वाचित भएका छन् ।