पिपलबोट सहकारीको १३औं साधारण सभा सम्पन्न
Saturday, January 1st, 2022, 6:23 pm
Kalpristha
अनोज थारु
बाँसगढी, १७ पुस
बाँसगढी पिपलबोट सहकारी संस्थाले २३ करोड ४९ लाख भन्दा धेरै आर्थिक कारोबार गर्दे १३ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । पिपलबोट सहकारी संस्थाले २३ करोड ४९लाख ६१ हजार ७३७ रुपैँया बराबरको आय ब्यय गरेको संस्थाका अध्यक्ष नवराज अधिकारीले बताए ।
संस्थाका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बाँसगढी नगर प्रमुख सालिकराम अधिकारीले पिपलबोट बचत तथा ऋण सहकारी संस्था जुन उद्देश्यले खोलीएको थियो आज त्यो उद्देश्य पुरा हुदै गएकोमा खुसी ब्यक्त गरे ।
साथै सहकारी संस्थाले कृर्षकहरुको परिवारीक जिवन सुधिद्ध गर्दे आर्थिक आयआर्जनमा सुधार ल्याउनुको निम्ति राम्रो भुमिका खेलेको नगर प्रमुख अकिारीले बताए ।
त्यसैगरी बर्दियाका स्थानीय तह मध्य बाँसगढी नगरपालिकाले मात्रै सहकारीहरुलाई भौतिक पुर्वधार निर्माणमा सहयोग नगरे पनि कृर्षकहरुको उत्पादनमा जोडेर सहकारी संस्थासंग काम गरेको नगर प्रमुख अधिकारीले बताए ।
संस्थाले स्थापना काल देखि अहिले सम्म आईपुग्दा १ करोड ३१ लाख ४२ हजार ७२४ रुपैँया आम्दानी गरेको छ । भने खर्च तर्फ ८७ लाख ३८ हजार २४० रुपैँया रहेको छ । त्यस्तै शुद्ध नाफा तर्फ ४४ लाख ४ हजार ४८४ रुपैँया रहेको छ । कार्यक्रममा बिशिष्ट अतिथीको आसनबाट बौल्दै जिल्ला सहकारी संस्थाका अध्यक्ष नवराज ढुङगानाले बोल्ने बक्तहरुको कुरामा सर्मथन जनाउदै सहकारी संस्थाको लक्ष्य,उद्देश्यको बारेमा जानकारी गराए । उनले संस्थाको कारोबार, शेरपुजी, बजार र लगानी धेरै राम्रो रहेको बताए ।
त्यसैगरी जिल्ला सहकारी संस्थाका अध्यक्ष नवराज ढुङगानाले सदस्यहरु शेर भट्टा लिनलाई लाईनमा बस्ने काम संस्थाले हटाउनु पर्ने बताए । सहकारी संस्था भनेको ब्यवसायिक संस्था हो ।
यसले बचत गर्ने र ऋण लगानी गर्ने गर्दछ तर सहकारी संस्थाले १६ प्रतिशतमा लगानी गर्ने गरेकोमा सचेत गराउदै १४.७ प्रतिशतमा लगानी गर्न त्यतिमा लगानी नगर्न सुझान दिए ।
पिपलबोट सहकारी संस्थाले असल ब्यवसाय गर्ने तारा देबि थारुनी, बाटुली राजी र ओटेराम थारुलाई सम्मान गरेको छ । त्यस्तै यो बर्ष ८४ हजारको शेर लिएकोमा बाँसगढी न.पा.५का भोजराज शर्मालाई सम्मान गरेको छ । त्यसैगरी ३० लाख भन्दा बढी बतच गर्ने भवन बहादुर सापकोटा र जंङगलिया थारुलाई सम्मान गरेको छ ।
त्यस्तै नियमित बचत गर्ने अम्बिका चापागाई लाई पनि सम्मान गरेको छ । त्यस्तै पिपलबोट सहकारी संस्थाका ८ओटै कर्मचारीहरुको उत्साह र हौसला बढाउने उद्देश्यले सम्मान गरीएको छ । भने दैनिक बचत गर्नेमा उत्कृष्ट बिष्णु प्रसाद ढकाल र हरिस्चन्द्र पौडेललाई पनि दोसल्ला ओधाएर सम्मान गरेको छ । पिपलबोट संस्थामा १ हजार ५३ जना शेर सदस्य रहेका छन् ।
कार्यक्रममा संस्थाका उपअध्यक्ष बद्री बरालले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सन्चालन संस्थाका प्रबन्द निर्देशक पुर्ण वलीले गरेका थिए । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, सहकारी संस्थाका शेर सदस्य, कर्मचारी र संन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।