एन्फाको बैठक फेरी शुक्रबार बस्दैं
Thursday, January 6th, 2022, 10:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २२ पुस
अखिल नेपाल फुटबल संघ(एन्फा)को बैठक शुक्रबार पुनः बस्ने भएको छ । बिहिबार बसेको बैठकमा २० वटा एजेन्डा प्रस्तुत भएका थिए । त्यसमा छलफलका लागि समय अपुग भएपछि शुक्रबार विहान ९ बजे बस्ने गरी बिहिबार स्थगित भएको एन्फाले जनाएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा निर्धारित समयभन्दा ढिलो गरि सुरु भएको बैठकका लागि तय २० एजेन्डामध्ये ६ एजेन्डामा छलफल गरि बाँकी १४ एजेन्डामा भोली पुनः छलफल हुने गरि बैठक स्थगित भएको एन्फा कार्यसमितकिा एक सदस्यले जनाए ।
सबै एजेन्डाहरुमा छलफल नसकिएकाले शुक्रबार बिहान बस्ने गरि बैठक स्थगित भएको उनले जानकारी गराए ।
बैठकले अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा वार्षिक रुपमा गर्दै आएको खेलाडी सम्मानको छनोटका लागि पाँच सदस्यीय छनोट समिती गठन गर्नुका साथै ए, बी र सी डिभजन लिग खेल्ने क्लबलाई तयारी स्वरुप दिइदै आएको रकममा दुई लाख ५० हजार थप गर्ने निर्णय समेत गरेको छ ।
बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले पुस एकमा कार्यकारी समितिको बैठक माग गरेपछि बिहिबार बैठक बसेको थियो ।