बाँकेमा परीक्षणको ५३ प्रतिशत संख्यामा देखियो कोरोना
Tuesday, January 18th, 2022, 6:57 pm
Kalpristha
बाँकेमा कोरोनाको संक्रमण भयावहतर्फ उन्मुख देखएको छ । परीक्षणको आधा संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार मंगलबार एक सय ४५ जनामा गरिएको परीक्षणबाट थप ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
जुन कुल परीक्षणको ५३ प्रतिशत हो । जसमा जिल्ला ३० जना महिला र २१ जना पुरुष गरी ५१ जना रहेका छन् ।
त्यस्तै माघ ३ गते एक सय ७२ मा गरिएको परीक्षणबाट ५८ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा बाँकेका ४६ जना रहेका छन् । साथै १ गते कूल परीक्षण एक सय तीन जसमा बाँके ३९ सहित ५३ पोजेटिभ, पुस ३० गते कूल परीक्षण एक सय १४ बाँकेका २६ सहित ३९ पोजेटिभ, पुस २९ गते कूल परीक्षण ९३ बाँकेका २४ सहित ३८ जना रहेका छन् ।
त्यस्तै जमुनाह नाकामा पनि २७ जनामा संक्रमण पुष्टि भएको केन्द्रले जनाएको छ । भारतबाट आएका तीन सय ९७ जनामा गरिएको परीक्षण गरिएको हो ।
जिल्लामा निको हुने संख्या भने शुन्य रहेको छ ।
हालसम्म जिल्लामा कूल १८ हजार सात सय ४५ जनामा संक्रमण पुष्टि भई सकेको छ । साथै १८ हजार एक सय ७१ जना संक्रमण मुक्त भई सकेका छन् ।
साथै जिल्लामा जिल्ला बाहिरको थप एक महिला संक्रमितको मृत्यु भएको छ ।