दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुवर नियुक्त
Tuesday, January 18th, 2022, 7:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ माघ
नेपालको अग्रणी अनलाइनबजार दराज नेपालले आँचलकुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको छ । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्डइनमा यो खबर घोषणा गरेका थिए ।
नयाँ निर्देशकमा नियुक्त भएपछि आँचलले भनिन, ‘नेपालीजनताकालागिविश्व–स्तरीय अनलाइन सपिङ अनुभवसिर्जना गर्ने धेरै प्रतिभाशाली पेशेवरहरूको समूहको नेतृत्व गर्ने यो अवसरको लागि म विशेषाधिकार र सम्मानित महसुस गर्छु । नेपाली इ–कमर्स उद्योगमा दराजको द्रुत बृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिन्छ । यसरी, म दराजनेपाललाई घरायसीनाम र हाम्रा सबै ग्राहकहरूको किनमेल आवश्यकताहरूको लागिवान–स्टप समाधानको रूपमा स्थापित गर्नमा भागलिनपाउँदा धेरै उत्साहित महसुस गर्छु। डरजियनको रूपमा, हामीहाम्रो बलियो मूल्यमान्यताहरू र कमर्सको शक्तिमार्फत हाम्रा समुदायहरूलाई उत्थान गर्ने उद्देश्यले तिर लाग्ने कार्य जारी राख्नेछौं।’
नेपालमा जन्मिएकी आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एम बि ए ,गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बि एस सकाएर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरेकी छिन ।
अमेरिकामा लामो र सफल करियरपछि कम्पनीले बृद्धिको नयाँ चरणमा प्रवेश गरेको बेला आँचलले दराज नेपालको नेतृत्व गर्दैछिन् । अहिले दराज कम्पनीको रिब्रान्डिङ हुँदैछ । कुँवरको नियुक्तिसँगै, दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ ।
दराज समूहका सीईओ र संस्थापक, बियार्के मिक्केलसेनले भने, ‘हामीहाम्रो विकासको अर्को चरणमा अघि बढ्दै गर्दा, हाम्रो ध्यान हाम्राग्राहकहरू र बिक्रेताहरूसँग जोड्ने भावनासिर्जना गर्ने हो । म आंचल र हाम्राअन्यदेशका एमडीहरूसँगै काम गर्न तत्पर छु, हाम्रा प्रयोगकर्ताहरूका लागि थप खोजी र व्यक्तिगतअनुभवहरू सिर्जना गर्नका लागि उनीहरूले उनीहरूको स्थानीय परिप्रेक्ष्य, अनुभव र अन्तरदृष्टिहरू हाम्रो व्यवसायलाई अगाडि बढाउन जारी राख्न सहयोग पुर्याउनेछन् ।’
वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराजमुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आंचलले पदभार ग्रहण गर्नेछिन्। अहलरिङले भने, ‘दराजकालागि यो निकै रोमाञ्चक समयहो।
विगत ३.५ वर्षमा देशमा इ–कमर्स निर्माण र यस उद्योगको जग बसाल्नु ठूलो सम्मानको कुरा हो । हामीसँग७५० भन्दा बढी डरजियनसको उत्कृष्ट टोली छ र सामान्यतया दराज र ई–कमर्सको भविष्य अत्यन्त उज्ज्वल हुने छ। म दराज समूहभित्र रहनेछु, यो व्यवस्थापनको मामलामा एक धेरै सहज संक्रमण हुनेछ । आँचलको नेतृत्वमा दराजले अझ ठूलो उचाइमापुग्नेमा म विश्वस्त छु । म उनलाई र सम्पूर्ण दराज नेपालको टोलीलाई शुभकामनादिन चाहन्छु।’