खजुरामा सामूहिक आवास उद्घाटन
Friday, January 28th, 2022, 6:06 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिकाले घरबास र जग्गा बिहिन विपन्न परिवारका लागि सामुहिक आवासको उद्घाटन गरिएको छ । गाउँपालिकाको कगाउँ निर्माण गरिएको सामूहिक आवासको लुम्बिनी प्रदेशका संस्थापक मुख्य मन्त्री तथा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शुक्रबार सामुहिक आवासको उद्घाटन गरे ।

खजुरामा सामूहिक आवास उद्घाटन गदै शंकर पोखरेल
गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले १६ घर निर्माण भएर १५ घरमा मानिसहरु बसिसेका र अरु पाँचवटा घरहरु निर्माणाधिन रहेका जानकारी दिए ।
एउटै डिजाइनका दुई कोठे घरमा भान्छा र बराण्डा पनि छन भने विद्युत, पानी, शौचालय व्यवस्था छ । तराई-मधेस समृद्धि कार्यक्रमअन्तर्गत एक करोड भन्दा बढीको बजेटमा सामूहिक आवास निर्माण गरिएका हुन् ।
सरकारी जग्गामा बनेका यी घरमा घरबास नभएका, ज्याला मजदुरी गरेर खानेहरु बस्न पाएका छन् ।
योजना अधिकृत दिलबहादुर पौडेलका अनुसार पाँच वर्षदेखि खजुरामा स्थायी बसोबास गरेको, आफू र परिवारको नाममा घरजग्गा नभएको, ज्याला मजदुरी गरेर खाने व्यक्तिले सामूहिक आवासमा बस्न पाउने व्यवस्था छ । एकपटक बस्ने अनुमति पाएका व्यक्तिले अर्को ठाउँमा घरबासको व्यवस्था नगर्दासम्म त्यहीँ बस्न पाउँछ ।