पुष्पलाल चौकमा अनेरास्ववियू बाँकेको दिप प्रज्वलन
Sunday, January 30th, 2022, 9:53 pm
Kalpristha
अनेरास्ववियू बाँकेले नेपालगन्जको पुष्पलाल चोकमा दिप प्रज्वलन लगायतका कार्यक्रम गरि सहिद दिवस मनाएको छ । अनेरास्ववियू केन्द्रीय सचीव तथा लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र मल्लको प्रमुख अतिथ्य र अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य खगराज रोकाय, केन्द्रीय सदस्य काली बहादुर डाङ्गीको समेतको उपस्थितिमा अनेरास्ववियू बाँकेले नेपालगन्जमा सहिद दिवस मनाएको हो ।
कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सचीव टेकेन्द्र मल्लले सहिदहरुको बलिदानले लोकतन्त्र, मानव अधिकार बिरोधि तत्वहरु प्रास्त भएको कुरा व्यक्त गर्नु भयो । सहितको बलिदानले देशले गणतन्त्र स्थापना संगै राजनैतिक तथा ब्यवस्थामा बिकास हुँदै आएको बताएका थिए ।
त्यस्तै कार्यक्रममा मन्तव्य दिदै अनेरास्ववियू बाँकेका अध्यक्ष इन्द्र बस्नेतले राणा शासकहरुबाट साहदत प्राप्त सहिदहरुलाई सम्झदै सहिदहरुले देखायको बटोमा रहि लोकतन्त्रको रक्षा , देश र जनताको निम्ति समृद्ध राष्ट्र निर्माणका लागी अनेरास्ववियू सतिसालझै उभिने कुरा व्यक्त गर्नु भयो ।
साथै कार्यक्रममा अनेरास्ववियू स्थायी कमिटी सदस्य खगराज रोकाय लागयतले मन्तव्य राख्नु भएको थियोे । अनेरास्ववियू बाँकेका अध्यक्ष इन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटी सदस्यहरु लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको संचालन अनेरास्ववियू नगर कमिटी अध्यक्ष उज्वल गिरिले गरेका थिए ।