नेपालगन्जमा युवा संघले निकाल्यो मसाल जुलुस
Tuesday, February 1st, 2022, 7:22 pm
Kalpristha
स्थानीय निर्वाचनको मिति तोक्न माग गर्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेले मंगलबार नेपालगन्जमा मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानीय तहको मिति तत्काल घोषणा गर्न तथा इन्धनमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न, लिपुलेकको नेपाली भूमिमा भारतले गरिरको सडक निर्माण कार्य रोक्न, मास्कमा गरिएको मुल्यबृद्धि नियन्त्रण गर्न लगायतका माग सहित मसाल जुलुस प्रदर्शन गरेको हो । एमालेको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस विपी चोकमा पुगेर समापन भएको थियो ।
जुलुसलाई प्रहरीले सामान्य बल प्रयोग गरेपछि केही समय विपी चोक क्षेत्र केहीबेर अशान्त भएको थियो । युवा संघ बाँकेका इन्चार्ज खेम शर्माले मसाल जुलुसको समापन गर्दै तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गरे ।
उनले वर्तमान गठबन्धन निर्वाचन नगर्ने पक्षमा लागेको भन्दै युवाहरुको विरोधको सामना गर्न नसक्ने चेतावनी दिएका छन् । मसाल जुलुसमा नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन, जिल्ला सचिव रत्न खत्री, युवा संघ बाँकेका संयोजक ज्ञानु वली लगायतको सहभागिता रहेको थियो ।