मरिससमाथि नेपालको लगातार दोस्रो जित
Tuesday, February 1st, 2022, 8:12 pm
Kalpristha
नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूणर् खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको तनावपूणर् खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निणर्ायक गोल गरे ।
खेलको दशौँ मिनेटमा सुजलले निणर्ायक गोल गरेका थिए । उनको यो नेपालका लागि तेस्रो गोल हो । आशिष लामाले प्रहार गरेको बलमा पेनाल्टी क्षेत्र भित्र रहेका पुजन उपरकोटीले उपलब्ध ब्याक फ्लिक पासमा सिक्स यार्ड बक्सबाट सुजलले वान टचमा गोल गरे । यता, मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार व्यहोर्यो । खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाए ।
नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो । त्यस बाहेक दुबै टोलीले पाएको अन्य अवसरमा गोल गर्न सकेनन् । छैटौं मिनेटमा नेपालका दर्शन गुरुङको प्रहार आकाशियो । खेलको २१ औं मिनेटमा तेज तामाङको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।
नेपालका तेजले ३६ औं मिनेटमा मरिससका गोलकिपर पोजिसन भन्दा बाहिर रहेको अवस्थामा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । लगत्तै ३७ औं मिनेटमा मरिससका कप्तान एन्डीले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल पोस्ट माथिबाट गएको थियो ।
खेलको ४४ औं मिनेटमा मरिससका लिन्स्लेले प्रहार गरेको बल नेपालका गोलकिपर किरणले सहजै आफ्नो पन्जामा पारेका थिए । मरिससका भासिस्ट कलकुट्टाले ५१ औं मिनेटमा गरेको सशक्त प्रहार किरणले बचाए । ५७ औं मिनेटमा सुमन लामाको क्रसमा अनमार्क रहेका विमल घर्ति मगरले बल भेट्टाउन सकेनन् ।
खेलको ६२ औं मिनेटमा नेपालका मनिष डाँगी गोल गर्न चुके । सुजलको फ्री-किकमा मरिससका डिफेन्डरले राम्ररी क्लियर गर्न नसक्दा सिक्स यार्ड बक्स भित्रबाट उनले बाहिर प्रहार गरे । ६८ औं मिनेटमा मरिससका कप्तान एन्डीले पेनाल्टी क्षेत्रको एजबाट प्रहार गरेको बल नेपालका गोलकिपर किरणले मुश्किलले बचाए ।
खेलको ७० औं मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड देखाउदै रेफ्री नविन्द्र महर्जनले मैदानबाट बाहिर पठाए । ७८ औं मिनेटमा मरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए ।
यस्तै खेलको इन्जुरी समयमा अन्जन विष्टले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल मरिससका गोलकिपरले उत्कृष्ट बचाऊ गरेपछि नेपाल अग्रता दोब्बर बनाउन चुकेको थियो । यस जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।
शनिबार भएको पहिलो मैत्रीपूणर्मा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निणर्ायक गोल गरेका थिए । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रविरुद्ध आधिकारिक रुपमा खेल खेलेको हो ।