फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित
Friday, February 4th, 2022, 6:56 pm
Kalpristha
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सरकारबाट सम्मानित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकको विशेष पहलमा गत कात्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निणर्य गरेको थियो ।
असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख तथा प्रशिक्षकलाई तीन लाख नगद पुरस्काले पुरस्कृत गर्ने निणर्य अन्तर्गत अल्मुताइरीलाई सम्मान गरीएको हो ।
यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रिय फुटबल टोलिका खेलाडी तथा प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरीसकेको छ । सो समयमा अल्मुताइरी नेपालमा नरहेकोले उनलाई शुक्रबार एक कार्यक्रमकाबिच सम्मान पत्र र नगद पुरस्कार वितरण गरीएको हो ।