नेपालगन्जमा पनि खुल्यो सेन्चुरी हाउस
Friday, February 18th, 2022, 7:06 pm
Kalpristha
नेपालगन्जको न्यूरोडमा सेन्चुरी हाउसको सन्चालनमा आएको छ । लुम्बिनी प्रदेशमा पहिलोपटक नेपालगन्जमा सन्चालनमा आएको हाउसको शुक्रबार उद्घाटन गरिएको हो । हाउसको सेन्चुरीका सेल्स म्यानेजर सन्तोष श्रेष्ठले उद्घान गरेको हुन् । साथै उद्घाटन कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहित मन्सुरीको पनि उपस्थित रहेको थियो ।
म्यानेजर श्रेष्ठका अनुसार उपभोक्तालाई सेन्चुरीबाट उत्पादिन सबै सामानहरु एकै ठाउँमा उपलब्ध गराउन सेन्चुरी हाउसको स्थापना गरिएको हो । ‘सेन्चुरीबाट उत्पादन भएका सामानहरु अन्य डिलरहरुमा पनि पाइन्छ । तर डिलरहरुलाई सबै सामान राख्न जोड गर्न सकिँदैन । सेन्चुरी हाउसमा भने सेन्चुरीद्वारा उत्पादित सबै सामानहरु पाइन्छ । यहाँ आएर अबलोकन गर्न सकिन्छ,’ श्रेष्ठले भने ।
सेन्चुरी हाउसका तथा नेपाल जनरल अर्डर एण्ड सप्लायर्सका संचालक सन्दिपकुमार वैश्य नेपालगन्जमा सेन्चुरीको ठूलो बजार रहेको बताउँछन् । उनले नेपालगन्जमा ३० लाख रुपैयाँको लागतमा सेन्चुरी हाउस संचालनमा आएका बताए । सेन्चुरी हाउसमा सबै सामान थोक तथा फुटकलमा उपलब्ध रहेको छ ।
पश्चिम नेपालको रिजिनल म्यानेजर सम्भु श्रेष्ठका अनुसार सेन्चुरीले छैठौं शाखाका रुपमा बुटवलमा पनि सेन्चुरी हाउस स्थापना गर्न लागेको छ । उनले दाङमा पनि सेन्चुरी हाउसको शाखा खोल्ने तयारी रहेको बताए ।
सेन्चुरीले हा तीन सय भन्दा बढी सामान उत्पादन गर्दै आइरहेको छ भने नेपालका ३५ भन्दा बढी जिल्लामा सेन्चुरीका डिलरहरु रहेको छ । साथै १२ भन्दा बढी देशहरुमा सेन्चुरीका सामानहरु निर्यात हुने गर्दछ ।