बाँकेको डुडुवामा रेडियो सफल प्रशारणमा
Saturday, February 19th, 2022, 7:25 pm
Kalpristha
बाँकेको डुडुवा गाउँपालिकामा पहिलोपटक रेडियो सन्चालनमा आएको छ । गाउँपालिकाको वडा नम्बर चारबाट सफल ९२ दशमलव ८ मेगाहर्जले औचारिक रुपमा प्रशारण सुरु गरेको छ । शनिबार एक समारोहकाबीच रेडियोका उद्घाटन गरिएको छ ।
रेडियोको गाउँपालिका उपाध्यक्ष सायदा बानोले रिबन काटेर उद्घाटन गरिन् । लामो समयदेखि संचालनको तयारीमा रहेको रेडियो प्रजातन्त्र दिवसको अवसर पारेर रेडियो संचालनमा ल्याइएको हो । संचार प्रतिष्ठन नेपालले सन्चालनमा ल्याएको सफलले बाँकेको डुडुवा, नरैनापुर, राप्तीसोनारी र नेपालगञ्ज क्षेत्रलाई लक्षित गरेको प्रतिष्ठनका अध्यक्ष पोषण केसीले जानकारी दिए ।
रेडियोमार्फत ग्रामीण बस्तीका समस्या, चुनौति, युवाहरु लगायतको सवाल तथा विभिन्न व्यक्तिहरुमा लुकेर रहेको क्षमता प्रस्फुटन गर्ने साथै स्थानीय सरकारलाई खबरदारी गर्दै जनतालाई सही सूचना प्रदान गरिने अध्यक्ष केसीले बताए ।
रेडियो सफल करिब एक दशकअघि बाँकेमा रेडियो हिमालका नामबाट संचालनमा रहेको थियो । सोही रेडियोको नाम परिवर्तन गरेर रेडियो सफलको नामबाट प्रशारण शुरु गरेको हो । रेडियोले खासगरी अवधी र थारु भाषालाई उच्च प्राथमिकता कार्यक्रम तथा समाचार दिने जनाइएको छ ।