आधिकारिक सभापति बिनैं संस्थापनको उम्मेदवारी घोषणा
Wednesday, February 23rd, 2022, 2:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ फागुन
आधिकारिक सभापति बिनैं बाँके कांग्रेसको जिल्ला निर्वाचनमा संस्थापन पक्षले अन्य पदाधिकारीको उम्मेदवारी घोषणा गरेको छ । बुधबार नेपालगन्जमा संस्थापन(देउवा पक्ष) प्यानलमा रहेका उम्मेदवारहरुको नामावली घोषणा गरिएको छ । संस्थापन पक्षबाट सभापतिमा सुरेन्द्र हमाल, बादशाह कुर्मी, निरञ्जनसिह सिजापतिले उम्मेदवारी घोषणा गरिसकेका छन । बुधबार देउवा प्यानलबाट उपसभापतिमा कृष्ण कार्की र सुदिपनरसिंह राणा, सचिवमा रबिन्द्र हमाल र सञ्जुकुमारी चौधरी, सह(सचिवमा पुरनसिंह ठकुरी र बिनोद थारुको नाम घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बाँके क्षेत्र नम्बर–३ क्षेत्रीय सभापति मोहम्मद नक्की खाँ, २ का क्षेत्रीय सभापति रमेश गुप्ता, पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, १ नम्बर क्षेत्रका निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता खत्रीले देउवा प्यानलबाट सभापति पदमा तीन जना उम्मेदवार भएपनि पदाधिकारी र सदस्यको एउटै प्यानल बनाइएको बताए । प्यानलका उम्मेदवारलाई विजयी गराउन उनले सबैलाई आग्रह पनि गरे । घोषित उम्मेदवारहरु नेपाल बिद्यार्थी संघ हुदै पार्टीको राजनीतिमा रहेको बताए ।
कांग्रेस बाँकेको निर्वाचन फागुन १५ गते हुदैछ । निर्वाचनका लागि फागुन १२ गते बिहीबार ९भोली० उम्मेदवार मनोनयन दर्ता गरिनेछ ।