चन्दनाथ गण विजयी
Thursday, February 24th, 2022, 7:17 pm
Kalpristha
चन्दनाथ गण मालिका ब्यारेक जाजरकोटले कमाण्ड सेनापति ट्रफि फुटबल प्रतियोगितामा बिहिबार जित हासिल गरेको छ ।
राझा स्थित आर्मीको फुटबल मैदानमा चन्दनाथले भवानी दलगण अछामलाई ४–१ ले हरायो । चन्दनाथका लागि ईश्वर चौधरीले २, उमेश महतो र चित्र बहादुर मिजारले समान १ गोल गरे । खेलको सुरुआतमैं टोलीलाई अग्रता दिलाउने क्रममा चन्दनाथका उमेशले चार मिनेटमा गोल गरेका थिए ।
त्यसपछि ईश्वरले २५औं, २७औं मिनेटमा तथा चित्रले ८१औं मिनेटमा गोल गरेका थिए । भवानीदलको तर्फबाट प्रकाश श्रेष्ठले ७०औं मिनेटमा एक सान्त्वना गोल गरे ।
बुधबारबाट सुरु भएको प्रतियोगितामा पश्चिम कमाण्ड अन्तर्गत चारवटा बाहिनी अड्डाका आठ युनिटको टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टिमले चैत १६ देखी जेठ २ गतेसम्म चल्ने प्रधानसेनापति ट्रफीमा खेल्न पाउनेछन । प्रतियोगितामा भैरवप्रसाद गण राझा नेपालगन्ज, नयाँ सबुज गण सुर्खेत, चन्दनाथ गण मालिका ब्यारेक जाजरकोट, भवानी बक्स गण अछाम, नन्दबक्स गण जुम्ला, रुद्रध्वज गण सिलगढी ब्यारेक डोटी र रण बमगण डडेल्धुराको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।