सीमानाकामा पनि कोरोना संक्रमण घट्यो
Friday, February 25th, 2022, 8:00 pm
Kalpristha
मुलुकमा कोरोना भाइरस संक्रमण घटेसँगै सीमानाकामा पनि घटेको पाइएको छ । बाँकेस्थित नेपाल भारत जमुनाहा नाकाबाट स्वदेश फर्कनेमा कोभिड-१९ परीक्षण गराउँदा संक्रमण घटेको पाइएको हो ।
फागुनयता संक्रमित हुने संख्यामा कमी आएको जमुनाहा सीमा नाकाका स्वास्थ्य सहयोग कक्षका प्रमुख गीता शाहीले जानकारी दिइन् । फागुन १ गते नमूना परीक्षण गरिएका तीन सय ६७ मध्ये आठ जनामा संक्रमण देखिएको थियो भने फागुन ५ मा तीन सय २६, फागुन १० गते एक सय ५७ र फागुन १२ गते तीन सय १७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएको उनले बताए ।
यस्तै फागुन २ गते दुर्य सय ९५ मा तीन, फागुन ३ गते एक सय ६३ मा दुई, फागुन ४ गते तीन सय ४० मा तीन, फागुन ६ गते तीन सय १५ मा चार, फागुन ७ मा दुई सय ३२ मा एक, फागुन ८ गते दुई सय ८३ मा तीन, फागुन ९ गते एक सय ७५ मा एक र फागुन ११ गते तीन सय १७ मा परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको थियो ।
तेस्रो लहर सुरु भएसँगै नाकामा सबैभन्दा बढी पुस १८ गते ६ सय ६० को परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको थियो । सिनियर अनमी शाहीले अहिलेसम्म संक्रमण देखिएकामध्ये दुई जनालाई मात्र लक्षण देखिएको बताइन् । सहायता कक्षले भारतबाट नेपाल आउनेलाई कोरोना भाइरसविरुद्धको खोप पनि लगाउने गरेको छ ।