आइतबार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुट
Sunday, February 27th, 2022, 1:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १५ फागुन
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई ‘पे’ र दराजबीच सम्झौता भएको छ । सम्झौतामा आइएमई पे को तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार हरेक आइतबार दराज वालेट ‘डे’ हुनेछ । जस अनुसार आइएमई पे मार्फत भुक्तानीगर्दा १०% छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १०% छुट (रु. ३५० र रु. ५०० सम्मको) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक प्रमोद प्रमोदमान सिंह बस्नेतले यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याइसकेको र यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए ।
हरेक आइतवार वालेट डे को शुरुवात गरिएको उपलक्ष्यमा बोल्दै दराजका भुक्तानी र साझेदारी प्रमुख अरुण फँुयालले दराजमा आइएमई पे एप मार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।
दराजको बारेमाः
नेपाल लगायत ४ विभिन्न दक्षिण एशियायी मुलुक स्थित दराज एक सर्व प्रिय अनलाइन बजार हो । दराजले सदैव ग्राहकहरुलाई सर्वोत्तम सपिङ अनुभव प्रदान गर्ने प्रयास गरेको छ । केवल एक एप मै ग्राहकहरुले बच्चा देखि बुढा–बुढी सम्मलाई हुने घरायसी सामान देखि लिएर लुगा–फाटा, मोबाईल फोन, ल्यापटप, मेक–अपको सामान सम्म सबै किनमेल गर्न सक्छन् ।
आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुपको डिजिटल वित्तिय सेवाप्रदायक एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवाप्रदानगर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरु मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा स्कान गरी भुक्तानगर्ने, मोबाईल रिचार्ज गर्नेर विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तानी गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।