राझाको भैरव प्रसाद गण विजयी
Sunday, February 27th, 2022, 5:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ फागुन
कमाण्ड सेनापति ट्रफि फुटबल प्रतियोगितामा आइतबार भैरव प्रसाद गणले जित हासिल गरेको छ । राझा स्थित आर्मीको मैदानमा भैरवले चन्दनाथ गणलाई २–० ले हरायो ।
भैरवको जितमा संगम चौधरीले ४४औं मिनेट र खेमराज शर्माले ८१औं मिनेटमा गोल गरे । यसैगरी अर्कोमा नयाँ सबुज गण र रणबम गणबिचको खेल १–१ को बराबरीमा सकिएको छ ।
नयाँ सबुजको तर्फबाट खेलको दुइ मिनेटमा ऋषिराज चौधरीले गोल गरेका थिए । रणबमका लागि रबिन सढाले ४९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।
बुधबार देखी सुरु भएको प्रतियोगितामा पश्चिम कमाण्ड अन्तर्गत चार वटा बाहिनी अड्डाका आठ युनिटको टिमले प्रतिस्पर्धा गरिरहेका छन ।
यस प्रतियोगिताको विजेता टिमले चैत १६ देखी जेठ २ गते सम्म चल्ने प्रधानसेनापति ट्रफीमा खेल्न पाउनेछन । प्रतियोगितामा भैरवप्रसाद गण राझा नेपालगन्ज, नयाँ सबुज गण सुर्खेत, चन्दनाथ गण मालिका ब्यारेक जाजरकोट, भवानी दल गण तेघरी ब्यारेक कैलाली, भवानी बक्स गण अछाम, नन्दबक्स गण जुम्ला, रुद्रध्वज गण सिलगढी ब्यारेक डोटी र रण बमगण डडेल्धुराको सहभागिता रहेको छ ।