छट्टा–छुट्टै दुर्घटनामा दुईको मृत्यु
Monday, February 28th, 2022, 11:26 am
Kalpristha
घोराही–तुलसीपुर सडक खण्डमा आइतबार साँझ भएका छट्टा–छुट्ट दुई सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
तुलसिपुर उप–महानगरपालिका–१८, डाँडागाउँमा रा५प ९०६६ नम्बरको स्कुटी र लु१च ६२८९ नम्बरको पिकअप गाडी एक आपसमा ठोक्किदा तुलसिपुर उप–महानगरपालिका–१७ निवासी करिब ३४ वर्षका ताराबहादुर केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।
त्यसैगरी आइतबार साँझ बा३ख ६४३ नम्बरको हाइस र नम्बर नखुलेको मोटरसाइलक तुलसिपुर उप–महानगरपालिका–१८ बेलझुण्डीमा एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तुलसिपुर उप–महानगरपालिका–१८ निवासी २१ वर्षीय रेशम चौधरी रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइतेमध्ये चौधरीको उपचारका क्रममा निधन भएको थियो ।
मोटरसाइकल र हाइस ठोक्किए लगत्तै हाइसमा आगलागी भएको थियो । आगलागिका कारण हाइसमा पूर्णरुपमा क्षेति पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते चरजना मध्य करण परियार र रमेश वलीको राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य बिरामीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।