किशोर थापा क्यान्सर अस्पतालको अध्यक्ष मनोनित
Friday, March 4th, 2022, 8:23 pm
Kalpristha
युवा नेता किशोर थापा सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको अध्यक्षमा मनोनित भएका भएका छन । खजुरा निवासी थापा नेकपा(एकीकृत समाजवादी) बाँके जिल्ला उप–सचिव एवम् एवम युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपाल सरकार मन्त्रीस्तरीय निर्णय अनुसार थापालाई अध्यक्षमा मनोनियन गरिएको हो । अध्यक्षमा मनोनित भएपछि थापाले मानवीय सेवामा सक्रिय भएर लाग्ने बताए । उनले भने, ‘विशुद्ध मानीय सेवाका लागि काम गर्ने अवसर प्राप्त भएको छ । इमानदारसँग जिम्मेवारी पुरा गर्नेछु । अस्पतालमा जे–जस्तो स्रोत साधान छ त्यसलाई प्रयोग गरेर अस्पतालको सम्पुर्ण टिमलाई चलायमान गराउँछु । जनतालाई २४ घण्टा सेवा गर्ने अस्पतालको रुपमा विकास गर्छु ।’
अध्यक्षमा मनोनित भएका थापा नेकपा एमाले हुँदै समाजवादी पार्टी मार्फत सामाजिक क्षेत्रमा क्रियाशिल छन । थापा युवाहरुका माझ लोकप्रिय नेताको रुपमा परिचित छन । उनलाई नेपाल सरकारले तिन वर्षका लागि क्यान्सर अस्पतालको अध्यक्षमा मनोनयन गरेको हो । थापालाई क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७३ को दफा ३ को उपदफा २ को खण्ड क अनुसार मनोनित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप–सचिव प्रकाश अधिकारीले बताए ।

सुर्यलाल यादव
यसैगरी सत्ता गठबन्धन दलका प्रतिनिधिहरुलाई अस्पतालको सदस्यको रुपमा मनोनित गर्ने क्रममा जसपाका नेता सुर्यलाल यादव, दीपा केसी, ईमरान खाँलाई सदस्यमा मनोनित गरिएको छ । जनता समाजवादी पार्टी नेपाल(जसपा) बाँके क्षेत्र नम्बर २ अध्यक्ष यादवलाई मन्त्रीस्तरीय निर्णयबाट सदस्यमा मनोनित गरिएको हो ।