सोपान फर्मास्यूटिकल्सद्वारा औषधिको बजारिकरण सुरु
Saturday, March 5th, 2022, 12:31 pm
Kalpristha
सोपान फर्मास्यूटिकल्स लिमिटेडले औषधिहरुको बजारिकरण सुरु गरेको छ । सोपनले औषधिको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको शुक्रबार जनाएको हो ।
सोपानले शुक्रबार काठमाडौंमा औपचारिक कार्यक्रम गर्दै औषधि सार्वजनिक गर्नुको साथै अत्याधुनिक प्रविधिको माध्यमबाट विभिन्न किसिमका गुणस्तरिय औषधिहरुको उत्पादन सुरु गरेको जनाएको हो । सोपानले आफूले उत्पादन गरेको औषधि नेपाली बजारमा बजारिकरण गर्नेछ ।

शुक्रबार आयोजना गरिएको कार्यक्रम
हाल सोपानल Alerz, Anuer, Cyprite, Montrin, Myzith, Onmit नामका औषधिको बजारीकरण सुरु गरेको छ । यसअघि कम्पनीले कोभिड–१९ महामारीको दोस्रो लहरमा देशभरी सहज रुपमा ढुवानी गर्न सकिने पोर्टेबल र अक्सिनज क्यानको उत्पादन तथा बजारिकरण पनि गरेको थियो । सोपानले अत्यावश्यक अक्सिजन उत्पादन गरी विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सर्वसुलभ रुपमा उपलब्ध गराई नेपाली जनताको स्वस्थ्यमा प्रत्यक्ष सहयोग पु¥याएको हो ।
सोपान मल्टिपल कम्पनी एउटा इन्भेस्टमेन्ट कम्पनी हो । यस कम्पनीले शिक्षा, स्वास्थ्य र उर्जा क्षेत्रमा विगत १३ वर्षदेखि लगानी गर्दै आइरहेको छ । हाल कम्पनीले औषधि क्षेत्रमा लगानी गर्ने क्रममा सोपान फर्मास्यूटिकल्स लिमिटेड मार्फत एक सय २७ करोड लगानी गरेको हो ।
कम्पनीको वार्षिक उत्पादन क्षमता ९० करोड ट्याब्लेट, ७ करोड क्याप्सुल्स, ३ लाख लिटर लिक्विड, २० लाख बोतल ड्राई पाउडर र ३० लाख ट्युब ओईन्टमेन्ट रहेको छ ।