चर्चित नेता, जसले हारको सामना गरे
Saturday, March 5th, 2022, 9:04 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेको अधिवेशनमा यसपटक पनि केहि चर्चित अनुहारहरुले हारको सामना गरेका छन । तिन दिनमा सकिएको अधिवेशनको मतपरिणामले चर्चा पाएको छ ।
विशेष गरी महासमिति सदस्यमा कांग्रेसका चिर्चित नेताहरुले हारको सामना गर्नु प¥यो । कांग्रेसको विधान अनुसार बाँकेको तिनै वटा निर्वाचन क्षेत्रबाट समान रुपमा ११ जना महासमिति सदस्यमा निर्वाचित हुने गर्छन ।
बाँके क्षेत्र नम्बर १ बाट २ जना निर्विरोध महासमितिमा निर्वाचित भएका थिए । महासमिति सदस्यमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले पनि प्रतिस्पर्धा गरेका थिए । तर उनले हारको सामाना गरे । थारुले २ सय ५० मत प्राप्त गरे । जसले उनलाई जित दिलाउन सकेन ।
यसैगरी बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेसका पुराना नेता एवम पुर्व राष्ट्रिय भलिबल खेलाडी अजित कुमार शर्मा, पुर्व राष्ट्रिय खेलाडी रबिन्द्रमान श्रेष्ठ पराजित भए । यस क्षेत्रबाट ४ जना निर्विरोध निर्वाचित भएका थिए ।
रबिन्द्रमान केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन ।
रबिन्द्रमान श्रेष्ठले काठमाडौंमा भएको १४औं केन्द्रीय महाधिवेशनमा संस्थापनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । पछि टिम नपरेका कारण उनले आफनो उम्मेदवारी फिर्ता लिएका थिए । यसैगरी बाँके क्षेत्र नम्बर ३ बाट केही चर्चित नेतालाई क्षेत्रीय प्रतिनिधिले पराजित गरिदिएका छन । बाँके कांग्रेसका पुर्व पार्टी सभापति एवम् नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधी कृष्णमान श्रेष्ठ, केन्द्रीय महाधिवेशन प्रतिनिधि कृष्ण विके रसाइली पनि पराजित भए ।
रसाइलीले केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । ४ सदस्य निर्विरोध भएपछि क्षेत्र नम्बर ३ मा ७ सदस्यका लागि प्रतिस्पर्धा भएको थियो ।
यसैगरी बाँके जिल्ला कार्यसमितिका पुर्व सचिव महेश शर्मा, रबिन्द्र हमाल र नेपाल तरुणदलका पुर्व केन्द्रीय सदस्य सुदिप नरसिंह राणा पनि पराजित भएका छन । राणाले उप–सभापतिमा पराजित भएका हुन भने शर्मा समावेशी तर्फको जिल्ला सदस्यमा खस–आर्य कोटामा लडेका थिए । हमालले भने सचिवमा प्रतिस्पर्धा गरेका थिए ।