राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँके अध्यक्षमा राजन शाही
Saturday, March 5th, 2022, 9:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ फागुन
राजन शाहीको अध्यक्षमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल बाँकेको नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ । शनिबार नेपालगन्जमा भएको तेस्रो जिल्ला अधिवेशनबाट शाहीको नेतृत्यमा २९ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
नेकपा एमाले निकट स्वास्थ्यकर्मी हरूको जनवर्गीय संगठन हो राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल । संघको उपाध्यक्षमा लिलाधर बुढाथोकी, बुद्धिमाया बस्याल, सचिवमा मुस्लिम खाँ, सह–सचिवमा मेघराज बराल र कोषाध्यक्षमा बिन्दु शर्मालाई चयन गरिएको अध्यक्ष शाहीले कालपृष्ठ डटकमलाई बताए ।
सुनाखरी कटेज एण्ड रेस्टुरेन्टमा भयको अधिवेशनमा संगठनका केन्द्रीय अध्यक्ष राम बहादुर चन्द , बिशिष्ट अतिथि नेकपा एमाले पार्टी केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज सुर्य ढकाल , पार्टी केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, पार्टी केन्द्रीय सदस्य दिपा शर्मा , पार्टी केन्द्रीय सदस्य शान्ति ढकाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल केन्द्रीय उपाध्यक्ष भिमराज सिंह, संगठनका कर्णाली प्रदेश सचिव सुसिल शाही लगायत नेपाल निजामती कर्मचारी संगठनका जिल्ला नेताहरूको उपस्थित रहेको कार्यक्रममा जिल्ला भरिका लगभग ५०० स्वास्थ्यकर्मीहरूको उपस्थित रहेको थियो ।