‘महाधिवेशनले नेपालगन्जलाई देशभर चिनाउन सहयोग गर्छ’
Saturday, March 5th, 2022, 9:27 pm
Kalpristha
नेपालगन्मा आजदेखि नेशनल प्याब्सनको सतौं महाधिवेशन सुरु हुँदैछ । आइतबार र सोमबार दुई दिन संचालन हुने महाधिवेशनबाट नयाँ कार्यसमितिको पनि चयन गरिने कार्यक्रम रहेको छ । नेपालगन्जमा पहिलोपटक आयोजना हुन लागेको नेशनल प्याब्सनको महाधिवेशनका बारेमा संस्थाका अध्यक्ष ऋतुराज सापकोटासँग गरिएको कालपृष्ठ संवाद् ।
नेशनल प्याव्सनको ७औं महाधिवेशनका बारेमा जानकारी दिनु होस् ?
हामीले तीन वर्षको आवधिकमा महाअधिवेशन गर्छाैं । दुई वर्षको कोरोना प्रभावका कारण गत वर्ष काक्तिममा गर्नू पर्ने भएता पनि फागुन २२ र २३ गते बाँकेको नेपालगन्जमा आयोजना गर्दैछौं ।
महाधिवेशनमा सहभागिताका हिसावले कति जनाको उपस्थिति हुने आशा गर्नु भएको छ ?
यस संस्थासँग देशभरमा करिव तीन हजार विद्यालय आवद्ध हुनु हुन्छ । तर एक हजार पाँच सय विद्यालयका प्रतिनिधिहरु आउने हाम्रो आंकल रहेको छ र त्येही अनुसारको हामीले जनाकारी पाएका छांैं ।
७औं महाधिवेशन नेपालगन्जमा आयोजना गुर्नको उद्देश्य के रहेको छ ?
यसमा के हो भन्दा हाम्रो केन्द्रीय समितिका साथीहरु देशभरी छरिएर रहनु भएको छ । मोफसल, राजधानी सबै स्थानको हुनु हुन्छ । त्यस कारण र हाम्रो बैठक पनि ठाउँ–ठाउँमा फेरि–फेरि गर्ने गरेका छौं । महाधिवेशनमा पनि योभन्दा अघि २०७४ सौराहमा, त्यो भन्दा अघि जनकपुरमा ग¥यौं । यसले संस्थाप्रतिको अपन्वत्त बढ्ने गर्र्छ । अनि अर्को कुरा काठमाडौंमात्र गर्न सम्भव हुन्छ वा पोखरामात्र गर्न सम्भव हुन्छ भन्ने हाम्रो आम धारण छ त्यसलाई चिर्न पनि आवश्यक छ । त्यसैले हाम्रा कतिपयि साथीहरु नेपालगन्जका पनि हुनुहुन्छ भनेर प्रतिभोग गराउन र लुम्बिनी प्रदेश र बाँके एवम् नेपालगन्जलाई देशभर चिनाउन हामीले कार्यक्रमका लागि यो पाली नेपालगन्जलाई छानेका हौं ।
यो नेपालगन्जमा पहिलो पटक महाधिवेशन हुन लागेको हो ?
विभिन्न बैठकहरु नेपालगन्जमा असअघि संचालन भएका छन् । तर महाधिवेशनको हकमा यो पहिलोपटक हो ।
महाधिवेशन हुँदै गर्दा तपाईँहरुको तयारी कहाँसम्म पुगेको छ ?
हाम्रो तयारी विशेष गरी अध्यवधिक विवरणका आधारमा कति सदस्य विद्यालय हुनुहुन्छ र त्यसमा कति सहभागी हुनुहुन्छ त्यसको आधारमा तयारी गर्ने हो । त्यसमा जिल्ला तथा प्रदेश कमिटीले हामीलाई उपलब्ध गराएको आधारमा यो अधिवेशनलाई सम्पन गर्न गई रहेका छौं । र अर्को कुनै पनि महाधिवेशन भनेको ठूलो भेला हो । यसमा विभिन्न बुँधामा छलफल गर्छाैं । र अबको दिशानिर्देश पनि यो महाधिवेशनले गर्ने भएकाले हामीले गर्नु पर्ने तपारी सबै पूरा गरेका छौं ।
देशमा निर्वाचनको माहोल छाई रहेको छ । यो महाधिवेशनमा राजनीतिक प्रभावले कत्तिको प्रभाव पार्न सक्ला ?
हाम्रोमा राजनीतिक प्रभाव छैन । किनभने यो विशुद्ध शैक्षिक सेवामूलक व्यवसाय हो । र त्यो व्यवसायमा आवद्ध साथीहरुको जमात हो । यद्यपी हाम्रै संस्था भित्र राजनीति आस्था राख्ने साथीहरु हुनु होला । त्यो उहाँहरुको नितान्त व्यक्तिगत कुरा हो । तर हामी यो ठाउँमा आइसकेपछि विशुद्ध व्यवसायिक कुरामात्र गर्छौं । त्यसैले अहिलेसम्म हामीलाई कुनै पनि राजनीतिक कुराले प्रभाव पारेको छैन र गंंन्ध पनि पाएका छैनौं ।
तपाईँको कार्यकालको अन्तमा तपाईँबाट संस्थाले पाएको परिवर्तन के–के छन् ?
अधिवेशनबाट म्यननोट लिएर आइसकेपछि आफ्नो कार्यकाल सकिँदाको समयमा उठने प्रश्न यस्तै किसिमका हुन्छ र हामीले प्राय गर्न खोजेको थिए, गर्न पाइन जस्ता जवाफ आउँछन् । तर म त्यस्तो भन्दिन । मेरो कार्यकालमा दुई वर्ष त कोरोनाको प्रभावले समस्या बनायो र अघिल्ला दुई वर्षमा देशैभरका साथीहरुको सहयोगमा हामीले आफ्नो कार्यक्रमलाई निरन्तरता दियो । केही मुद्दाहरुमा हामी सफल पनि भयौं । हामीसँग जोडिएका केही मुद्दाहरुलाई हामीले सफल पनि बनायौ । केही छात्रवृत्तिका मुद्दाहरु रहेका छन् । जुन अहिलेको महाधिवशनमा पनि उठ्नेवाला छ । हामी बालबालिकाको विवेशप्रति लक्षित छांै । विद्यालय पो निजी र सरकारी हुन्छन् । तर बालबालिका त बालकालिका हुन । त्यसैले सरकारको नियममा रहेको छात्रवृत्तिको मुद्दालाई मेरो कार्यकालबाट पनि सुरु भयो र अवको अधिवेशनमा पनि यो मुद्दा उठ्ने छ ।
अब आउने नयाँ समितिले कस्ता–कस्ता मुद्दालाई लिएर काम गर्नु पर्छ जस्तो लाग्छ ?
महाधिवेशनमा केही मुद्दालाई कसरी लाने भनेर छलफल गर्ने कार्यक्रम रहेको छ । छलफल पछि हामीले बाँके नेपालगन्ज घोषण पत्र पनि जारी गर्छौं । त्यो जारी भएपछि अब आउने नयाँ समितिलाई त्यसले दिशानिर्देश गर्छौं । नयाँ समितिले हाउले दिएको कार्यक्रमलाई कार्यन्वयनमा लैजाने हो । आफैं कार्यक्रम सृजना गर्ने भन्ने भन्दा पनि हाउसले दिएको कार्यक्रमलाई निरन्तरता दिने हो । त्यसैले त्यो तीन वर्षे कार्यक्रममालाई बढी लक्षित बनाउने कुरामा केन्द्रित हुन्छौं हामी ।
नयाँ कार्यसमितिमा आउने साथीहरुलाई तपाईँको भनाइ के छ ?
अब म समितिबाट बहिर हुनु भनेको संस्थाबाट बाहिर हुनु होइन । हामीहरु निरन्तर सम्पर्कमा रहि रहन्छौं । अब आउने साथीहरुले पुराना कार्यसमितिले गरेका राम्रा कामहरुलाई प्राथमिकता दिर्छ र हुन नसकेका कामलाई उठान गर्नु पर्छ ।
प्रस्तुति : विक्रम बुढाक्षेत्री