नेपाल जडिबुटी संघको अध्यक्षमा टंक प्रसाद शर्मा निर्वाचित
Sunday, March 6th, 2022, 12:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ फागुन
टंक प्रसाद शर्माको अध्यक्षमा नेपाल जडिबुटी संघको नयाँ कार्यसमिति चयन गरिएको छ । संघको उपाध्यक्षमा मेराज अन्सारी, महासचिवमा भानुभक्त रिजाल, कोषाध्यक्षमा रशीद अहमद अन्सारी निर्वाचित भए । निर्वाचन आयुक्त भागवन्त प्रसाद गुप्ताका अनुसार संघको सदस्यहरुमा मोहम्मद आजम हलवाई, मोहम्मद सादाब हलवाई, शान्ता ज्ञवाली, अफिजुर रहमान अन्सारी, अफजाल अहमद अन्सारी, रेशम बहादुर खड्का, जमुना गिरी निर्वाचित भए ।
संघको विधान अनुसार १ महिला र १ पुरुष पछि कार्यसमितिको बैठकले मनोनित गर्ने व्यवस्था छ ।
। निम्न वर्गको मानिसको आयस्तर बृद्धि गर्नमा नेपालका घरेलु जडिबुटीको भुमिका महत्वुर्ण भएकोले यसलाई व्यवस्थित गर्ने आफनो मुख्य दायित्व र जिम्मेवारी भएको नवनिर्वाचित अध्यक्ष टंक शर्माले बताए । उनले कालपृष्ठ दैनिकसँग भने, ‘जुडिबुटी व्यावसायका विभिन्न किसिमका बाधा अडचन छन । त्यसलाई हल गर्ने हाम्रो मुख्य काम हो । यसका साथै जडिबुटीको खेतीलाई कसरी अगाडी बढाउने भन्ने हो । अब जडिबुटीका लागि हामी जंगलमा मात्र निर्भर रहने होइन । जनताका घर–घरमा यसको उत्पादन हुनुपर्छ ।’
महासचिव रिजालले जडिबुटीलाई अझै पनि समाजमा नकारात्मक रुपमा लिने गरिएकोले यसका नकारात्मक कुरा, भ्रमलाई हामीलाई हटाउन जरुरी रहेको बताए ।
भिडियोमा हेर्नुस नवनिर्वाचित पदाधिकारीको भनाई ।
नेपाल जडिबुटी संघको अध्यक्षमा टंक प्रसाद शर्मा निर्वाचित | KalpristhaNews.com