शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा सबै नेपालीको अनिवार्य विषय भएको बताएका छन् । मन्त्री पौडेलले शिक्षा क्षेत्रमा रहेका सबै समस्या हामी सबैको समस्या रहेको बताए ।
आइतबार नेपालगन्जमा आयोजित नेशनल प्याव्सनको महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले सरकारले शिक्षा क्षेत्रलाई प्राविधिकरण गर्न सरकारले नीतिगद ढंगले काम गरिरहेको बताए । उनले नेशनल प्याव्सनले राज्यका तर्फबाट राखेका कुराहरुप्रति आफू प्रतिवद्ध रहेको बताए ।
‘शिक्षा भने हामी सबै नेपालीको अनिवार्य विषय हो । तपाईँहरुले राज्यका तर्फबाट जुन कुरा राख्नु भएको छ । त्यो प्रति म प्रतिवद्ध रहेको बताउँन चाहन्छु,’ मन्त्री पौडेलले भने ।
पौडेलले सरकारले शिक्षाका क्षेत्रमा सुधारका महत्वपूर्ण कामहरु अगाडि सारेको बताएका छन् । राज्यले शैक्षिक क्षेत्रको सुधारका लागि ५५ बुँदे काम कार्यान्वयनमा आएको उनले बताए । उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १० अर्ब बजेट कार्यान्वयनमा आइसकेको बताए ।
पौडेलले शिक्षा क्षेत्रमा कुनै पनि भेद्भाव सरकारको तर्फबाट नहुने बताए । उनले राज्यले जन्माएका चार शैक्षिक क्षेत्र विद्यालय, मदरसा, गुरुकुल र गुम्बामा सरकारले समान व्यवहार देखाउने बताए । उनले शिक्षाका लागि नियमन, व्यवस्थित र प्रोत्साहन गर्ने नीति अघि सारेको पनि बताए ।
नेशनल प्याव्सनको महाधिवेशन
कार्यक्रममा नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा, नेशनल प्याव्सनका लुम्बिनी प्रदेश अध्यक्ष अध्यक्ष सुवेद डांगी नेशनल प्याव्सन बाँकेका अध्यक्ष स्याम कुवर, जिल्ला प्रशासन बाँकेका प्रमुख सूर्य बहादुर खत्रीलगायतले कार्यक्रममा बोलेका थिए ।
बोल्ने बत्ताहरुले सरकारले निजीस्तरबाट संचालित विद्यालयलाई वेवास्ता गरेको बताए । उनीहरुले सरकारले बालबालिकालाई उपलब्ध गराइने छात्रवृत्तिमा एकरुपता ल्याउनु पर्ने, निजीगत विद्यालयलाई सहुलिएत तरिकाले ऋणको व्यवस्था गरिदिनु पर्ने, शिक्षालाई प्रविधि तथा उत्पादनमूलक बनाउनु सरकारले ध्यानु दिनु पर्ने बताएका थिए ।
कार्यक्रममो प्रभातफेरिमा धम्बोझीदेखि विभिन्न बाजा, झाँकीसहितको ¥याली निकालिएको थियो ।
अधिवेशन सोमबारसम्म संचालन हुनेछ । यो सातौं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने र कार्यान्वयन नीति पनि बनाउने छ ।
२०५४ सालमा स्थापना भएको नेशनल प्याब्सनमा तीन हजार निजीगत विद्यालयहरु आवद्ध रहेका छन् भने ४७ जिल्लामा समिति र सातवटा जिल्लामा नेशनल प्याब्सनको तदर्थ समिति रहेको छ ।