मलको सहजताका लागि ध्यानाकर्षण
Monday, June 20th, 2022, 9:28 pm
Kalpristha
किसानलाई मलको सहजता पु¥याउन बाँकेका नागरिक समाजले जिल्ला प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । नागरिक समाजका तर्फबाट सोमबार बाँके प्रशासनलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको हो ।
बाँकेको कृषि तथा बीउविजन सामाग्री केन्द्रमा मौजदात रहेको मल सहजरुपमा किसान समक्ष पु¥याउने वातावरण मिलाउनका लागि सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समूह प्रशासन पुगेको छ ।
अविक्ता समेत रहेका तिवारीले नेपालको संविधानको धारा (३६) मा खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको जानकारी दिए । किसानका लागि तत्काल सस्तो, सहजरूपमा धानको बीउ, मल उपलब्ध गराउने व्यवस्था, गत वर्ष वर्षा र बाढीका कारण किसानको धानबालीमा भएको क्षति स्वरूप गर्नुपर्ने रकम र बाँके जिल्लाका किसानहरुलाई तत्काल मल खाद्यको व्यवस्था मिलाउन सरकारसँग विशेष माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भट्ट, नागरिक अभियन्ता रवीन्द्र कुमार ज्ञवालीलगायतले हस्ताक्षर गरेका छन् ।