युएईमा रहेका युवाले सहयोग गरे ब्लड क्यान्सर पिडित बालक गिरिराजलाई
Friday, July 29th, 2022, 1:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ साउन
ब्लड क्यान्सर रोगको उपचार गराईरहेका बाँके कोहलपुर निवासी गिरिराज श्रेष्ठलाई युएईमा रोजगारीका लागि गएका युवाले आर्थिक सहयोग गरेका छन ।
कोहलपुर नगरपालिका वडा नम्बर १४ हवलदारपुर निवासी विकास श्रेष्ठका चार वर्षिय छोराको भारतमा उपचार भैरहेको छ । विकास पनि रोजगारीका लागि कतार गएका युवा हुन । छोरा विरामी भएपछि उनी नेपाल फर्किएका थिए । ब्लड क्यान्सर रोगको उपचारमा धेरै रकम खर्च हुने भएपछि विकास साथीहरुले कतारबाट सामुहिक रुपमा १ लाख ३१ हजार ४ सय ८५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन ।
युएईको विभिन्न कम्पनीमा काम गरिरहेको युवाहरुले आर्थिक संकलन गरेर विकासको छोराको उपचारमा थोरै भएपनि राहत मिलोस भनेर सहयोग गरेको कतारमा रहेका भुपेन्द्र बस्नेतले बताए ।
खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी बस्नेतको नेतृत्वमा कतारमा आर्थिक संकलन अभियान चलाइएको थियो । आर्थिक सहयोग गर्ने सम्पुर्ण युवाहरुलाई बस्नेतले धन्यवाद दिए ।
ब्लड क्यान्सर रोगबाट पिडित गिरिराजको हाल भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी इन्स्च्युट एण्ड रिर्सच सेन्टर अस्पतालमा उपचार भैरहेको छ ।
गिरिराजको उपचारमा सहयोगका लागि एनआइसी एसिया बैंकमा विकास श्रेष्ठको नाममा रहेको बैंक खाता नम्बर ५५६९४८०५७३५२४००१ नम्बरमा वा मोबाइल बैंकिङ लागि ९८१५५२७३८८ नम्बरमा सहयोग गरिदिन विकास श्रेष्ठले अनुरोध गरेका छन् ।