खजुरा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग
Saturday, August 27th, 2022, 7:47 am
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ११ भदौं
आपतकालिन अवस्थामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्देश्य सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले खजुरा गाउँपालिकालाई स्वास्थ्य उपकरण र औषधीहरु सहयोग गरेको छ ।
विभागले करिब १० लाख बराबरको स्वास्थ्य उपकरण र औषधी सहयोग गरेको हो । खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लको पहलमा विभागले खजुरा गाउँपालिकालाई उक्त सामाग्री प्रदान गरेको हो ।
विभागबाट प्राप्त भएको सामाग्री खजुरा गाउँपालिकाले सेवा सेवा क्षेत्रमा अत्यवश्यक परेको ठाउँमा प्रयोग गर्ने खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले बताए । 
विभागले पठाएको अक्सिजन सिलिन्डर सहित अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री शुक्रबार आइपुगेको छ । विभागले सहयोग गरेको सामाग्री खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाले अत्यावश्यक पर्ने स्वास्थ्य चौकी र अन्य ठाउँमा प्रयोग गर्ने तयारी भएको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताईन् ।
उनले भनिन,‘खजुरा गाउँपालिकामा रहेका स्वास्थ्य चौकीबाट जनताले सहज रुपमा सुविधा पाउनु पर्छ । स्वास्थ्य चौकीमा थुप्रै औषधी र उपकरणको अभाव छ । स्वास्थ्य चौकीको सेवालाई प्रभावकारी बनाउन विभागबाट सहयोग भएको सामाग्रीको प्रयोग हुनेछ । यसले जनतालाई वडा स्तरमै थप सेवा प्रदान गर्नेछ ।’