नरैनापुरको बारेमा सरकारले चिन्ता लिएन : अर्थमन्त्री शर्मा
Thursday, September 1st, 2022, 4:41 pm
Kalpristha
अर्थमन्त्री जनार्दन शर्माले बाँकेको नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भए पनि सरकारबाट कुनै पहत नभएको बताए ।
बिहीबार नेपालगन्जमा आइपुगेका अर्थमन्त्री शर्मालाई स्वागत गर्न नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह पुगेका थिए । सो क्रममा उनले नरैनापुर सुख्खा क्षेत्र हुँदा सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताएका हुन् ।
नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहीबार बिहान नेपालगन्ज मन्त्री शर्मा पुगेका हुन् । सो भेटघाटमा अर्थमन्त्री शर्माले नरैनापुरमा विशेष प्याकेज ल्याउने आश्वासन दिएकाछन् ।
स्वागतसंगै मन्त्री अथकले नरैनापुर क्षेत्रको अवस्था बुझ्ने क्रममा विशेष प्याकेज ल्याउने आश्वासन दिएका हुन् । उनले नरैनापुरका ६ वटै वडामा डिप बोरिङको व्यवस्था गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।
शर्माले भारतीय सीमासँग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउँदै सुख्खा ग्रस्त क्षेत्रका लागि विशेष प्याकेज ल्याउने आश्वासन दिए ।
पर्याप्त पानी नपरेपछि यस वर्ष नरैनापुर क्षेत्रमा सुख्खा(खडेरी) परेको छ । पालिकाले सुख्खा क्षेत्र घोषणा गरिसकेकाले अध्यक्ष शाहले अर्थमन्त्री शर्मासँग प्रदेश र संघीय सरकारले कुनै चासो नदेखाएको गुनासो पोखेका थिए ।
प्रर्याप्त वर्षा नभएकै कारण नरैनापुरमा खडेरी हुँदा सो क्षेत्रमा लगाइएको धानबाली नस्ट हुने अवस्थामा पुगेकोछ ।