अपाङ्ता बालबालिकालाई उपचार प्रदान
Thursday, September 8th, 2022, 7:45 pm
Kalpristha
विद्यालयमा पहिलो तहको प्रारम्भीक पहिचान भइसकेका अपाङ्गता भएका बालबालिकालाई दोस्रो तहको नि:शुल्क स्वास्थ्य उपचार प्रदान गर्न शिविर संचालन गरिएको छ । अपाङ सशक्तीकरण एंव सञ्चार केन्द्र (डेक नेपाल) बाँकेले नेपालगन्जको भेरी अस्पतालमा बालबालिकाहरुलाई नि:शुल्क स्वास्थ्य चेकजाँच तथा उपचारको व्यवस्था गरेको हो ।
युएसएआईडीको आर्थिक सहयोग, एच आई नेपाल र विश्व शिक्षाको साक्षेदारीमा बाँकेमा संचालित सबैका लागि पढाई परियोजनाले आठवटै स्थानीय तहका सामुदायिक विद्यालय, मदरसाहरुमा अध्ययन गर्ने अपाङ्गता तथा पढाईमा कठिनाई भएका १ कक्षा देखि ३ सम्मका बालबालिकाहरुको स्वास्थ उपचारमा आँखा कान, शारीरिक र बैधिकलगायतका क्षेत्रमा स्वास्थ्य उपचार भैरहेको सबैका लागि पढाई परियोजनाका कार्यक्रम संयोजक गोविन्द फुलाराले जानकारी दिए ।
स्वास्थ चेक जाँचबाट हालसम्म ६ सय ६५ जना बालबालिकाले सेवा लिइसकेको कार्यक्रम संयोजक फुलाराले जानकारी दिए ।
स्वास्थ्य चेक जाँचसहित १ सय ११ जनाले सहायक सामाग्रीसमेत प्राप्त गरिसकेका छन् । ९ य ९५ जनाको लक्ष्य रहेकोमा त्यो भन्दा पनि बढीलाई सेवा दिनेगरी काम भैरहेको संयोजक फुलाराले बताए । सबैका लागि पढाई परियोजनाअन्तर्गत बाँकेमा रहेका अपाङ्गता तथा पढाईमा कठिनाई भएका बालबालिकाहरुले सहजरुपमा पढ्न र आफ्नो स्वास्थ्य उपचार गराउन पाएका छन् ।