बाँकेमा ६७ औं प्रहरी दिवस २०७९ भब्यताका साथ सम्पन्न
Monday, October 17th, 2022, 8:04 pm
Kalpristha
बाँकेमा ६७ औं प्रहरी दिवस मनाईएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा सोमबार विभिन्न कार्यक्रम गरि ६७ औं प्रहरी दिवस मनाईएको हो ।

….
सो अवसरमा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईका प्रहरी कर्माचरी तथा प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकबाट प्राप्त कदर पत्र प्रदान गरिएको थियो । यस्तै अमर प्रहरी परिवारजनलाई दोसल्ला ओढाई प्रमुख अतिथिले सम्मान गरेका थिए ।

…..
६७ औं प्रहरी दिवस २०७९ को अवसरमा बिभिन्न बिधामा संचालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस, कुर्सि दौड प्रतियोगिता संचालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय हुनेलाई प्रमाणपत्र र मेडल प्रदान गरीएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले नेपाल प्रहरीको गर्विलो ईतिहास र सुनौलो भबिष्य रहेको र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गरे ।

….
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने र जनअपेक्षा पुरा गर्नका लागी जस्तो सुकै कठोर निर्णय लिन पनि तयार रहेको बताएका थिए ।
सो अवसरमा पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज, ससस्त्र प्रहरी बलका सहायक प्रहरी उपरिक्षक, नेपाली सेनाका प्रमुख सेनानी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख लगायतका अतिथी हरुको उपस्थिति रहेको थियो भने कार्यक्रमका सहभागिले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।

…..
प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गरेको कार्यक्रमको प्रमुख आतिथि प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री थिएभने प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले अध्यक्षता रहेको थियो ।