हिन्दुधर्मालम्बीहरुको घरदैलोमा हिन्दुवादी नेता दिवाकर खनाल
Thursday, October 20th, 2022, 5:47 pm
Kalpristha
नेपालगन्ज : विगत तीन दशक बढिबाट हिन्दुवादी नेताका रुपमा आफुलाई स्थापित गराएका नेता दिवाकर शर्मा खनाल बाँकेको क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा होमिएका छन । अर्ना चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका नेता खनाल यती बेला आफ्ना क्षेत्रमा भएका हिन्दुहरुको घरदैलोमा गईरहेका छन् ।
हिन्दु धर्मलाई राजनिति संग जोड्न नहुने भन्दै आएका कतिपय व्यक्तिहरुले समेत खनालको अभियानलाई खुला रुपमा सहयोग गर्ने वचन समेत दिएका छन । जित भन्दा पनि हिन्दुहरुको एकतालाई मुख्य मुद्धाको रुपमा लिने भन्दै उम्मेदवार खनालले अन्य धर्महरुको समेत संरक्षणाको बाटोमा हिन्दू धर्म भएको हुदाँ यसको संरक्षण गर्नु पर्ने दावा गर्दै आएका छन् ।
हिन्दुहरुको अवस्थालाई विगत लामो समय देखि विश्लेषण गर्दै आएको बताउने प्रतिनिधि सभा सदस्य खनालले हिन्दुको मतलाई सधै राजनितिक रुपमा प्रयोग गर्दै अन्य राजनितिक दलले आफ्नो स्वार्थ सिद्धिको लागि प्रयोग गरेको बताए । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारीको मतका लागि घरदैलोमा हिडेका खनाल हिन्दुको मतलाई अबको दिनमा बार्गीङ गर्न सक्ने अवस्थामा लैजान समेत अहिले आफ्नो विजय आवश्यक भएको बताउँछन ।
शिवसेना लगायतको संगठनकोसहयोग पाएका उम्मेदवार खनाल नेपाली कांग्रेसका पुराना नेता समेत हुन । नेपाली कांग्रेस नेता स्वर्गिय खुम बहादुर खड्काले समेत हिन्दु धर्मको पक्षमा वकालत गरेको हुदाँ नेपाली कांग्रेसमा समेत हिन्दु धर्मको आवश्यकता भएको मान्ने खेमाहरुको आफुलाई सहयोग हुने हिन्दुवादी नेता खनालको दावी छ ।