पाण्डे बिद्यावारिधिका लागि उत्कृष्ठमा छनोट
Saturday, November 5th, 2022, 2:24 pm
Kalpristha
नेपालगन्ज : नेपाल संस्कृत विश्व विद्यालय दाङ्गले २०७९ मा संचालन गर्ने पाठ्यक्रममा आधारित तीन वर्षिय विद्यावारिधिको लागि २०७८ मंसिरमा सार्वजनिक सूचना जारी गरे बमोजिम दर्ता भएका शोध प्रस्तावहरु बिशेषज्ञ बिद्वानहरुबाट मूल्यांङ्कन गरेर यही कार्तिक १६ गते योग्यता क्रममा आधारित नतिजा सार्वजनिक गरेको छ । जसमा जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोविन्द प्रसाद पाण्डे उत्कृष्ट दश स्थान भित्र छनोट भएका छन् ।
पाण्डेले चाणक्य नीति सूत्रमा वर्णित नैतिकता, सदाचार र सुशासनको आधुनिक समाजमा प्रयोग शिर्षकमा विद्यावारिधिको लागि प्रस्ताव पेश गरेका थिए । यस अध्ययनमा चाणक्य नीतिमा उल्लेखित नैतिक मूल्यहरुको खोजी र आधुनिक समाजमा तिनको व्यवहारिक अनुसरणकाका वारेमा विश्लेषण गर्ने जमर्को गरिनुका साथै चाणक्य नीति–सुत्रको अनुसरणलाई कसरी बढाउन सकिन्छ भन्ने वारेमा समेत चर्चा गरिने जानकारी पाण्डे दिएका छन् ।
तातोपानी गाऊपालिका वाडानं ४ गिडीखोला जन्म भई हाल नेपालगंज उप–महांनगरपालिका वाडा नं १ चन्दननाथ टोल निवासी पाण्डे विगत २७ वर्ष देखि नेपाल सरकारको कर्मचारीको रुपमा राष्ट्र सेवामा संलग्न रहेका छन् । उनलाई नेपाल सरकारले हालै पचास हजार रासीको निजामती सेवा पुरस्कार समेत प्रदान गरेको थियो ।