नेपालगन्जमा पुर्व सिकाई मान्यताबारे अभिमुखिकरण
Saturday, November 5th, 2022, 7:59 pm
Kalpristha
नेपालगन्जमा पुर्व सिकाई मान्यताबारे अभिमुखिकरण गरिएको छ । लुम्विनी प्रदेश सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना अन्र्तगत सो अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरणमा बोल्दै लुम्बिनी प्रदेश शिक्षा तथा खेलकुद मन्त्रालयका उप–सचिव थानेश्वर ज्ञवालीले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यान्वयनमा प्राविधिक तथा व्यावसायिक तालीमको प्रादेशिक नीति, पाठ्यक्रम तथा पाठ्य सामाग्री निर्माण, कार्यान्वयन र नियमन प्रदेश सरकारले गरिरहेको बताए ।
शिक्षा तथा खेलकुद मन्त्रालयका उप–सचिव ज्ञवालीले मन्त्रालयले प्राविधिक शिक्षा क्षेत्रमा थालनी गरेका कार्यक्रम तथा योजनाहरु समेत बताएका थिए । उप–सचिव ज्ञवालीका अनुसार रुकुम पुर्व र दाङ तुल्सीपुरमा प्रविधिक शिक्षाका निमित्त भवन बन्न सुरु भैसकेको छ भने रुपन्देहि प्युठान र बर्दियामा चालु आर्थीक बर्षमा भवन निर्माण योजना सुरु हुनेछ ।
प्रदेश शिक्षा नीति र प्राविधिक शिक्षा निति बन्ने क्रममा रहेको उल्लेख गर्दै उप–सचिव ज्ञवालीले औद्योगिक प्रशिक्षण र पुर्व सिकाइ परीक्षणको सुरुवात भएको बताए ।
कार्यक्रममा सिपसिकाई प्रमाणपत्रको प्रक्रिया बारे लक्ष्मण प्रसाद ज्ञवालीले जानकारी दिएका थिए । यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद राष्ट्रिय सिप परिक्षण समितिका केन्द्र प्रमुख प्रतिनिधि अमर बहादुर घर्तीले सिप परिक्षण तथा प्रमाणीकरणका विषयमा प्रस्तुतिकरण गरेका थिए ।