सिँक्टाको नहर खजुरा क्षेत्रमा विस्तार गर्ने कुर्मीको प्रतिवद्धता
Wednesday, November 9th, 2022, 6:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २२ कात्तिक
लुम्बिनी प्रदेश सभा सदस्य पदका उम्मेदवार बादशाह कुर्मीले परसपुर–गौघाट सडकका कारण जनताले पाईरहेको दुख अब छिटै समाधान गर्ने बताएका छन् ।
बाँके बर्दियाका जनतालाई नेपालगन्जसँग जोड्ने सडकको स्तरउन्नती ढिलाई भएका कारण थुप्रै जनताले सास्ती भोग्नु परेको बाँके क्षेत्र नम्बर ३(ख)बाट उम्मेदवारी दिएका बर्माले बताए ।
खजुराले स्थानीय, प्रदेश, संघ र केन्द्रमा सरकार हुँदा समेत त्यो बढाउन नसक्नु दुर्भाग्यपुर्ण अवस्था रहेको बताए । उनले भने,‘म गाविस अध्यक्ष भएको बेला चार वटा गाविसले मिलेर त्यो बाटो सुरुआत गरेको थियौं । दुर्भाग्य भनौं तर आजसम्म त्यसको स्तर उन्नती हुन सकेको थिएन ।

…………….
खजुराको २ नम्बर वडाबाट दुई जना प्रदेश र संघीय सासद बन्नु भयो । तर उहाँले घर अगाडी बाटो बनाउन सक्नु भएन भने उहाँहरुले यस क्षेत्रमा कति विकास गर्नु भयो भन्ने जनतालाई थाहा छ ।’
खजुरा गाउँपालिकाका जनतासँग भेटघाट गर्ने क्रममा उम्मेदवार कुर्मीले आफुहरु विजयी भएपछि खजुरा क्षेत्रमा रहेका सम्पुर्ण अपुरा भौतिक पुर्वाधारका काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।
उनले भने,‘हामी धेरै भाषण गरेर जनतालाई झुक्काउन चाहन्न । जे गर्न सक्छौं त्यो बोल्छौं । आदरणीय स्व. सुशिल कोइराला प्रधानमन्त्री भएको बेला प्रखर अस्पताललाई क्यान्सर अस्पतालमा परिणत गरेर त्यसको विकास गरेका थियौं । तर पछि त्यसमा थप विकास हुन सकिरहेको छैन । यस क्षेत्रका धेरै जनता कृषिमा निर्भर भएपनि सिंचाईको प्रर्याप्त व्यवस्था छैन । हामी जति सक्दो सिक्टा सिंचाईको नहर यस क्षेत्रका जनताको जमिनसम्म ल्याउनेछौं ।’
क्षेत्र नम्बर ३ को विकास आफु सधै इमानदार भएर लागेको संविधान सभा सदस्य समेत रहेका बादशाह कुर्मीले बताए । उनले भने,‘यस क्षेत्रबाट मैले विगतमा पनि चुनाव लडेको थिए । तर हारे । हारेर पनि मैले जनताको सेवा गर्न कहिले पछि परेको छैन । जनताको समस्यालाई समाधान गर्न म सधै लागिरहेको छु । भोलीका दिनमा जनताको सेवामा इमानदार भएर लाग्नेछु।’
खजुरा क्षेत्रको विकासमा लागि कृषिलाई आधुनिकरण र ग्रामिण उद्योगलाई बृद्धि गर्ने योजना सहित काम गर्ने कुर्मीले प्रतिवद्धता गरे ।