नेपालगन्जमा बम विस्फोट, एक जना विप्लव कार्यकर्ता पक्राउ
Wednesday, November 16th, 2022, 9:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० कात्तिक
नेपालगन्जको कोरियनपुरमा बम बिष्फोट भएको छ । कोरियनपुर निवासी श्रीकला मल्लको घरमा भाडामा बस्दै आएका बिप्लवका कार्यकर्ताहरुले बम बनाउने क्रममा बिष्फोट भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
बम बिष्फोट भएपछि घाइते भएका नेत्रविक्रम चन्द(विप्लप) को एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई बिथोल्ने प्रयास गर्दै विप्लव कार्यकर्ताले बम बिष्फोट गराउने प्रयास गरिरहेका छन् ।
उक्त घटनामा घाइते भएका सल्यान थारमारेका डिल्ली बहादुर डिसी र धर्मराज भन्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरमा रहेको एक कुकुर बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बुधबार राती करिब ८ बजे भएको घटनामा घाइते भएका दुइ जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बुधबार नेपालगन्ज भृकुटी नगर जनस्वास्थ्य कार्यालय नजिकै रहेको एक पसल अगाडी विप्लव कार्यकर्ताहरुले बम बनाउने प्रयास गरिरहेका बेला बिष्फोट भएके हुन सक्ने प्रहरीले बताएको छ । बम बिष्फोट गराउने प्रयास गरेका एक जना विप्लप कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।
रगताम्मे भएर भाग्ने क्रममा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य भैरहेको वडा प्रहरी कार्यालयले जनाएको छ ।
बम विष्फोट गराउन आएका विप्लव कार्यकर्ताले प्रयोग गरेको भे ११ प १६९१ नम्बरको अपाची बाईक प्रहरीले नियन्त्रणमा लिएको छ ।