कसले जित्ला गोल्डेन बुट ?
Thursday, December 15th, 2022, 9:44 pm
Kalpristha
एजेन्सी, २९ मंसिर
विश्व कप फुटबलमा धेरैको चासो गोल्डेन बुटमा पनि हुने गर्छ । कतारमा जारी विश्व कप फुटबलमा कसले गोल्डेन बुट जित्ने हो भन्ने कौतुहलता सबैमा छ । कतार विश्वकपको फाइनल समीकरण पूरा भईसकेको छ । कतार विश्वकप उपाधिको लागि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
विश्वकप उपाधि भिडन्त पक्का हुँदा सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट अवार्डको लागि भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
अहिलेसम्म गोल्डेन बुटको दाबेदारमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे अगाडी छन् । उनीहरु दुबैले ५–५ गोल गरेका छन् । यसैगरी अर्जेन्टिनाका जुलियन अल्भारेज र फ्रान्सका ओलिभर जेरुडलाई दाबेदारको रुपमा हेरिएको छ । उनीहरु दुबैले समान ४ गोल गरिसकेका छन् ।
यसैगरी कोडी गाक्पो, मार्कुस राषफोर्ड, अल्भारो मोराटा, इनर भ्यालेन्सिया, बुकायो साक, रिचार्लिसन, गोन्कालो रामोसले समान ३ गोल गरेर गोल्डेन बुटको सम्भावित दाबेदारको रुपमा आफुलाई उभ्याएका छन् ।
यसअघि सन् २०१८ को रसिया विश्व कपमा इङल्यान्डका ह्यारी केनले सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।