बादी महिलाहरुका सवालमा नेपालगन्जमा कार्यशाला
Wednesday, December 28th, 2022, 7:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ पुष
सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल र यू.एन.वुमन नेपालको संयुक्त आयोजनामा बादी महिलाहरुका सवालमा कार्यशाला सम्पन्न भएको छ ।
नेपालगन्जमा बादी समुदायका नेतृत्व, जनप्रनिधी, बीच बादी महिलाहरुको बर्तमान सवाल, चुनौति र स्थानिय सरकारको बार्षिक कार्यक्रम तथा बजेट प्रक्रियामा पहुँच बिषयक एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
कार्यशालामा स्थानिय तहले आफ्नो बार्षिक कार्यक्रम निर्माण गर्ने क्रममा सातवटा चरण पार गर्ने र त्यसमा स्थानियको भुमिका अहम हुने हुनाले यी चरणको बारेमा समुदायका मानिसहरुलाई सचेत बनाउदै हरेक चरणमा सजक र जिम्मेवार भएर आफ्नो सवालहरुलाई बार्षिक कार्यक्रममा राख्नका लागि तत्पर रहनु पर्ने सहभागिले बताएका थिए ।
उक्त कार्यत्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्जनपूर, डडेलधुरा र ,दाङ जिल्लाकाका जम्मा २६ जना बादी समुदायका महिला नेतृत्व तथा जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
यू.एन.वुमनका डा. संग्राम लामाले बिकासको अवधारणा, नेपालमा प्रचलित विकासका अभ्यासहरु, महिला उत्तरदायि बजेट र स्थानिय सरकारको बार्षिक कार्यक्रम छनौट प्रक्रिया र त्यसमा हाम्रो भुमिकाको बारेमा भनेका थिए ।
समुहिक छलफलको माध्यमबाट बादी समुदायका बिशिष्टि मुद्धाहरु, चुनौतिहरु, र अवसरहरु पहिचान गरिएको शो कार्यशालामा कमिट नेपालका कार्यक्रारी निर्देशक केशव नेपालीले बादी समुदायमा बिशिष्ट मुदाहरु, चुनौतिहरु, अवसरहरु र स्थानिय सरकारको भूमिकाको बारेमा सहजिकरण गरेका थिए ।