पुर्वी रुकुम र रोल्पामा महिला उद्यमी संघ गठन
Monday, February 20th, 2023, 8:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ फागुन
महिला उद्यमी संघ नेपाल पुर्वी रुकुम र रोल्पा शाखा गठन गरिएको छ । महिला उद्यमी संघ नेपाल केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माको प्रमुख आतिथ्यमा शाखा गठन गरिएको हो । तिर्था पुनको अध्यक्षमा नौं सदस्यीय महिला उद्यमी संघ पुर्वी रुकुम शाखा गठन गरिएको हो ।
शाखाको उपाध्यक्षमा कमेनी बुढा,सचिवमा नमिता बुढा, कोषाध्यक्षमा गौसरी पुन, सदस्यहरुमा लालहिरा श्रेष्ठ, अशोका घर्ती, फेरमाया पुन, तिर्थी पुन र तेज कुमारी घर्ति रहेका छन् । यसैगरी हिरा घलेको अध्यक्षतामा महिला उद्यमी संघ नेपाल रोल्पा शाखा पनि गठन गरिएको केन्द्रिय सदस्य सरस्वति शर्माले कालपृष्ठ दैनिकलाई बताईन् ।
शर्माको प्रमुख आतिथ्यमा भएको एक भेलाले महिला उद्यमी संघ नेपाल रोल्पा उपाध्यक्षमा रुपा सेन, सचिव लालसरी बुढा, कोषाध्यक्षमा माया डाँगी, सदस्यहरुमा उमा बुढा, नानुमाया घर्ति, चन्द्रकला घर्तिमगर र तिलसरी बुढालाई सर्वसम्मत रुपमा चयन गरेको छ । नवगठित पुर्वी रुकुम र रोल्पा शाखा अध्यक्षहरुले आफनो जिल्लामा उद्यम गर्न चाहने र उद्यम गरिरहेका महिलाहरुको नेतृत्व विकाससँगै बजारीकरणमा एकअर्कालाई सहयोग गर्ने वातावरण निर्माणको बारेमा योजनावद्ध रुपमा काम गर्ने बताएका छन् ।