७० लाख लगानीमा खुल्यो रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट
Monday, June 26th, 2023, 10:00 am
Kalpristha
सौरभ राना
नेपालगन्ज, १० असार
रेष्टुरेन्ट क्षेत्रमा नौलोपन थप्ने प्रयास गर्दै नेपालगन्जमा रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एण्ड बार खुलेको छ । आइतबार नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एण्ड बारको उद्घाटन गरे ।
दुई जना युवाहरुको लगानीमा नेपालगन्जको मुख्य ठाउँमा नयाँ रेष्टुरेन्ट खुल्नु खुसीको कुरा भएको उनले बताए । आर्थिक मन्दीले बजार खस्कदो अवस्थामा रहेको बेला रेष्टुरेन्टको सुरुआत हुनुले अब नेपालगन्जमा आर्थिक अवस्था चलायमान हुँदैछ भन्ने संकेत गरेको चुन्नाले बताए ।
उनले भने,‘रेष्टुरेन्ट संचालन गर्न लगानीकर्ताले निकै मिहिनेत गर्नु भएको छ । रेष्टुरेन्ट हेर्दा काठमाडौं र विदेशी शैलीमा देखिन्छ । व्यवस्थापन राम्रो छ । रेष्टुरेन्टको सफलताको शुभकामना छ ।’ उद्घाटन कार्यक्रममा विशेष अतिथीका रुपमा आएका जयमंगलम सिमेन्ट प्रालिका अध्यक्ष संजय अग्रवालले युवाहरुले नयाँ उत्साहका साथ व्यवसायमा लगानी गर्नु भएको नेपाली अर्थतन्त्रको लागि सकारात्मक कुरा भएको बताए ।

……………..
रेष्टुरेन्टको सफलताको शुभकामना दिदैं अग्रवालले पछिल्लो समयमा युवा पुस्ताले व्यापार व्यवसायमा निकै मिहिनेतका साथ लगानी गरिरहेको भन्दै यसले नेपालको आर्थिक उन्नतीमा सहयोग गर्ने बताए । नेपालगन्ज उप–महानगरपालिका धम्बोझी स्थित कालपृष्ठ दैनिकको प्रधान कार्यालय भएको भवनको तेस्रो तल्लामा खुलेको रेष्टुरेन्टको सजावट निकै आर्कषक देखिन्छ । युवा व्यवसायी प्रविण सोडारी र दिनेश तिरुवाले संयुक्त रुपमा लगानी गरेर रेष्टुरेन्टको सुरुआत गरेका हुन् । करिब ७० लाखको लगानीमा रेष्टुरेन्ट खुलेको संचालक प्रविण सोडारीले बताए । रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एण्ड बारको मुख्य विशेषताको रुपमा लाईभ म्युजिकसँगै नेपाली, चाइनिज, इन्डियन परिकार पाईने संचालकले बताए ।