लायन्स क्लब अफ नेपालगन्जको पद हस्तान्तरण
Tuesday, June 27th, 2023, 9:29 pm
Kalpristha
मगरले सन २०२२–२३को लायन्स क्लव अफ नेपालगन्जको युनिटि अध्यक्ष पद सम्हालेकी थिईन् । यसैगरि सन २०२३–२४को लायन्स क्लव अफ नेपालगन्जको युनिटि अध्यक्ष पद रुपा ओझा ‘सानु’ले सम्हाल्ने छिन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ असार
लायन्स क्लव अफ नेपालगन्जको युनिटि अध्यक्ष पद हस्तान्तरण गरिएको छ । मंगलबार साँझ नेपालगन्जमा फस्र्ट च्याप्टरनाईट तथा ईन्टरनल ह्याण्डओभर कार्यक्रमको आयोजना गरि सो पद हस्तान्तरण गरिएको हो ।
लायन्स क्लव अफ नेपालगन्जका निवर्तमान अध्यक्ष विन्दु चर्ति मगरले वर्तमान अध्यक्ष रुपा ओझा ‘सानु’लाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । पद हस्तान्तरणसंगै निवर्तमान अध्यक्ष मगरले जोन चियर पर्सनको पद बहाली गरेकी छन् ।
मगरले सन २०२२–२३को लायन्स क्लव अफ नेपालगन्जको युनिटि अध्यक्ष पद सम्हालेकी थिईन् । यसैगरि सन २०२३–२४को लायन्स क्लव अफ नेपालगन्जको युनिटि अध्यक्ष पद रुपा ओझा ‘सानु’ले सम्हाल्ने छिन् ।
कार्यक्रममा लायन्स क्लव अफ नेपालगन्जको युनिटिले २०२२–२३ मा गरेका कामहरुका बारेमा निर्वतमान अध्यक्ष मगरले प्रस्तुतिकरण गरेकी थिईन् ।
मगरको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व गर्भनर तथा मल्टिपल डिष्ट्रिक्ट डाइबेटिज कोर्डिनेटर, एमजेएफ लायन मधुसुदन शर्मा रिजालको प्रमुख आथित्यता रहेको थियो ।
साथै उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एन’का लायन वर्ष २०२३÷०२४ का डिष्ट्रिक्ट गर्भनर एमजेएफ लायन मुकुट ढकाल, फस्ट लेडी लायन मिना ढकाल, पूर्व गर्भनर तथा मल्टिपल डिष्ट्रिक्ट कनभेन्सन चियरपर्सन, एमजेएफ लायन शेम शाक्य, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एन’ का लायन वर्ष २०२३÷०२४ का सेकेण्ड भिडिजी एमजेएफ लायन ज्ञानेन्द्र श्रेष्ठ, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एन’ का लायन वर्ष २०२३÷०२४ का डिष्ट्रिक्ट क्याविनेट सेक्रेटेरी लायन उमा थापा मगर तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एन’ का लायन वर्ष–३ को २०२३ ÷ ०२४ का डिष्ट्रिक्ट ट्रेजेरर लायन तेज प्रसाद अधिकारी र डिष्ट्रिक्ट स्ट्राटेजिक चिफ लायन शसी श्वाँर लगायत लायनहरुको सहभागिता रहेको थियो ।