मापदण्ड विपरित बाढ्यो पशुले गैह्र कृषकलाई ४ लाख
Sunday, July 16th, 2023, 8:19 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ३१ असार
पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले गैह्र कृषकलाई ४ लाख रुपिंया भत्ता वापत वितरण गरेको खुलेको छ ।
आर्थिक बर्ष २०७९÷०८० को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत पचास भन्दा माथि भेडा बाख्रा पालन गरेका कृषकलाई वितरण गर्नु पर्ने रकम ग्रैह्र कृषकलाई प्रोत्साहन वापत वितरण गरेको पाईएको हो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषकलाई कर कट्टी गरेर प्रति कृषक सत्र हजार सात सय तिस रुपिंयाका दरले चार लाख अठहत्तर हजार सात सय दश रुपिंया वितरण गरेको जनाएको छ ।
पचास भन्दा बढि भेडा बाख्रा पालन गरेका कृषकहरुलाई प्रोत्साहन स्वरुप वितरण गर्नु पर्ने रकम फिल्डमा खटिएका कर्मचारीको मिलोमतो र कार्यालय प्रमुख जरबहादुर भक्रीको निर्देशनमा भेडाबाख्रा नै नभएका गैह्र कृषकलाई वितरण गरिएको पाइएको हो ।
ठुलीभेरी नगरपालिकाका ९ जना,त्रिपुरासन्दरी नगरपालिकाका ६ जना, मुड्केचुला गाउँपालिकाका ४ जना, काईके गाउँपालिकाका ४ जना र छार्काताङसोङ गाउँपालिकाका १ जना गरेर २७ जना कृषकलाई प्रोत्साहन रकम वितरण गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाको तथ्याङ्कमा उल्लेख छ ।
पशु कार्यालयको प्रोत्साहन वापतको गैह्र कृषकलाई वितरण भएको जनगुनासो आएपछि नेपाल पत्रकार महासंघको अगुवाईमा त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिका लगायत काइके गाउँपालिकामा समेत स्थलगत पुगेर संचारकर्मीले सोधअनुसन्धान गर्दा समेत गैह्र कृषकलाई मापदण्ड विपरित रकम वितरण भएको पाइएको नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष सरोज थापाले बताए ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख जरबहादुर झक्रीसंग बुझ्दा फिल्डमा पुगेर प्राविधिकले ल्याएको तथ्याङ्कको आधारमा रकम वितरण भएको बताए ।
उनले भने विगतमा बदमासि भएको गुनासा आएको हो तर अहिले पनि असल र ब्यवसायी मापदण्ड पुगेका कृषक छनौट गर्दा केहि ग्रैह्र कृषक पनि परेका नहोलान भनेर भन्न सकिन्न् ।
संचारकर्मीको जिज्ञासामा निमित्त प्रमुख झक्रीले आफुसंग संचारकर्मी लगायत केहि कृषकको समेत गुनासो आएकाले छानवीन गरिने जानकारी दिए ।