प्राविधिक शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै कैलपाल
Friday, July 21st, 2023, 8:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ साउन
पश्चिम नेपालको प्राविधिक शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान दिने कलेजमा पर्छ कैलपाल हस्पिटल एण्ड कलेज ।
२०६० सालमा स्थापना भएदेखि कलेजमा हरेक वर्ष दक्ष जनशंक्ति उत्पादन गर्दै आएको छ ।
नेपालगन्ज उप–महानगरपालिका –१० अवस्थित यस कलेजको स्थापना हुँदा जनरल मेडिसिन (एचए)को मात्रै अध्यापन गराईथ्यो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि ) बाट सम्बन्धन प्राप्त यस कलेजमा अहिले भने जनरल मेडिसिन (एचए), रेडियोग्राफी र ल्याब टेक्निसिएन तथा प्रि–डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ्ग समेत पढाइ हुन्छ ।
जनरल मेडिसिन (एचए)मा ४० जना, रेडियोग्राफीमा ३० र प्रमाणपत्र तह म ल्याब टेक्निसिएनमा ३० जना तथा प्रि–डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ्गमा ३० जनाको लागि अध्ययन कोटा रहेको छ । कलेजमा अध्ययनका लागि जनरल मेडिसिन (एचए)मा ४ जना, रेडियोग्राफीमा ३ जना र ल्याब टेक्निसिएनमा ३ जनाले छात्रवृत्ति पाउने व्यवस्था छ ।
कलेजमा पर्याप्त प्रयोगशालाहरू छन् । अध्ययनका लागि उचित वातावरण छ । गुणस्तरिय शिक्षा प्रदान गरिएकै कारणले पढाइ सकिसकेपछि विद्यार्थीहरूलाई जागिरको समस्या हुँदैन ।
कैलपाल कलेजका निर्देशक रेवती सिंह भन्छिन्,–‘हामीले पढाएका विद्यार्थीहरु अहिले विभिन्न क्षेत्रको उच्च स्थानमा पुगेका छन् । पढेका हाम्रा कतिपय विद्यार्थीहरु अहिले यहीँ पढाउँछन् । हाम्रा लागि यो भन्दा गर्वको कुरा अरु के हुनसक्छ । सरकारी होस वा निजि क्षेत्रहोस जहाँ गएपनि कोही न कोही पक्कै हाम्रो विद्यार्थी भेट्नु हुने छ ।’
स्वास्थ्य संस्थाका रूपमा रहेको यो कलेजमा पर्याप्त प्रयोगशालाहरू छन् । अध्ययनका लागि उचित वातावरण रहेको छ ।

rewati sing
प्राविधिक शिक्षामा राज्यको भुमिका ठिक भएन
राम्रो सम्भावना हुँदा पनि प्राविधिक शिक्षा नफस्टाउनुमा राज्य तगारो बनेको कलेजको निर्देशक रेवती सिंह बताउँछिन् ।
२०७१ सालमा कायम भएको शैक्षिक शुल्क वृद्वि नगर्नाले थुप्रै प्राविधिक धारका कलेजहरु संकटमा परेको बताउँदै उनले भनिन्,–‘हामीले १० बर्षसम्म पनि शुल्क वृद्वि गर्न पाएका छैनौं । तर, हाम्रो खर्च हेर्ने हो भने १० बर्ष अघि र अहिलेको खर्च दाँज्नै मिल्दैन । महँगीले आकास छोईसक्यो । यस विचमा हामीले थुप्रै प्रविधि समेत भित्र्याएका छौं ।’
राज्यले प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिईभिटि) अन्तरगत सिटिईभिटिले उत्पादन गर्ने स्वास्थ्य क्षेत्रका सिएमए, अनमी, ल्याब असिस्टेन्ट, टेक्निसियन लगायतका कोर्षहरु खारेज गर्नु भनेको प्रविधिक शिक्षालाई अँकुश लगाएको उनको भनाई छ ।
चिकित्सा शिक्षा आयोगले कार्यान्वयनमा ल्याएको चिकित्सा शिक्षा ऐनले प्रमाणपत्र तहमुनिका सबै कार्यक्रमहरु खारेज गरेसँगै प्राविधिक क्षेत्रका शिक्षालय आक्रोशित बनेका छन् ।