कोहलपुर खानेपानीको अध्यक्षमा भुषाल विजयी
Saturday, July 29th, 2023, 7:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, १३ असार
कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिएका टेक नारायण भुषाल विजयी भएको छन् । भुषालले आफना निकटतम प्रतिद्धन्द्धीलाई १ सय ९७ मतान्तरले पराजित गरे ।
भुषालले १ हजार २ सय १४ मत प्राप्त गर्दा साझा उम्मेदवार रुद्र खनालले १ हजार १७ मत र स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्ष पद उम्मेदवारी दिएका उम्मेदवार विष्णु तिवारीले ३ सय ८२ मत प्राप्त गरे ।
यसैगरी लोकतान्त्रिक प्यानलको तर्फबाट उपाध्यक्षमा विर बहादुर विष्टले १ हजार १ सय ४१ मत प्राप्त गरि विजयी भए । साझा प्यानलको तर्फबाट उपाध्यक्षमा यम बहादुर रावत क्षेत्रीले ८ सय ९४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र प्यानलको तर्फबाट उपाध्यक्षमा मोहन प्रसाद चापागाईंले ४ सय ९८ मत प्राप्त गरे ।
लोकतान्त्रिक प्यानलको तर्फबाट सचिवमा गोविन्द वाग्लेले १ हजार ५६ मत, सचिवमा गोविन्द वाग्लेले १ हजार ५६ मत, सह–सचिवमा बाल कुमारी सापकोटाले सय १ हजार १ सय ३४ मत, कोषध्यक्षमा धु्रव आचार्यले सय १ हजार १ सय ४३ मत र सह– कोषाध्यक्षमा ईश्वर प्रसाद शर्माले १ हजार १ सय ६५ मत प्राप्त गरी विजयी भए ।
यसैगरी साझा प्यानल तर्फबाट सचिवमा राम कृष्ण पाण्डेले ८ सय ९८ मत, कोषाध्यक्षमा नारायणी वलीले ९ सय ८० मत, सह–सचिवमा यशोदा थापाले १ हजार ८० सय र सह–कोषध्यक्षमा रेशमलाल सापकोटाले ९ सय ९२ मत प्राप्त गरेका थिए ।
स्वतन्त्र प्यानलको तर्फबाट सचिवमा संजय मण्डलले ६ सय ४ मत, कोषाध्यक्षमा शिवराज पोख्रेलले ४ सय १२ मत र सह–कोषाध्यक्षमा अमृत बहादुर श्रेष्ठले ३ सय ७० मत प्राप्त गरे ।
कुल ५ हजार २ सय ७७ मतदाता मध्ये २ हजार ८ सय ८७ जनाले मतदान गरेका थिए ।