मोर्डन युगमा मोर्डन पब्लिकको सफलता
Sunday, August 27th, 2023, 8:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० भदौ
मोर्डन पब्लिक सेकेण्डरी स्कुल २०४२ सालमा स्थापना भएको स्कुल हो । स्थापना कालमा नर्सरी देखि कक्षा १० सम्म स्थापना भएको यस स्कुलले २०५३ सालमा कक्षा ११–१२ सुरु गरेको हो । मोर्डन पब्लिक सेकेण्डरी स्कुल भन्ने बित्तिकै यसक्षेत्रमा ख्याति प्राप्त शैक्षिक संस्था भन्ने बुझिन्छ । अहिले यस स्कुलमा प्लस टु मा विज्ञान व्यवस्थापन, कम्प्युटर साईन्स तथा कानुन विषयको पढाई हुन्छ ।
मोर्डनमा पश्चिम क्षेत्रकै अनुभवी र सफल शिक्षा विद्हरु तथा प्राध्यापकहरुबाट पढाइन्छ । फलस्वरुप यस स्कुलमा हरेक बर्ष १२ सयका दरले विद्यार्थीको संख्या बढीरहेको छ । स्कुलको प्रर्याप्त भौतिक संरचना समेत छ । यस स्कुलबाट पासआउट भएका विद्यार्थीहरु मध्ये सयौंको संख्यामा डाक्टर, ईन्जिनियर तथा चार्टड एकाउन्टेन्टहरु उत्पादन भईसकेको स्कुलका प्रिन्सिपल मेघराज ओली बताउँछन् ।
‘हामीले थुप्रै त्यस्ता विद्यार्थी उत्पादन गरेका छौं । जसले पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । भने, यहाँबाट पासआउट भएका विद्यार्थीहरु मध्ये सयौंको संख्यामा डाक्टर, ईन्जिनियर तथा चार्टड एकाउन्टेन्टहरु उत्पादन भईसकेका छन् ।’–स्कुलका प्रिन्सिपल ओलीले भने ।

……………….
‘शिक्षामा गुणस्तर यस स्कुलको पहिचान हो । त्यसकारण पनि विज्ञान, व्यवस्थापन तथा कानुन्मा यस क्षेत्रकै उत्कृष्ट विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको छ । स्कुलको आफ्नै अत्याधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशाला छ । जसका माध्यमबाट यहाँ अध्ययन गर्ने विद्यार्थीले आफुले सिकेको ज्ञान प्रयोगात्मक गरिकाबाट प्रमाणित गर्नको लागि सहज हुने गरेको छ ।’
शैक्षिक हबका रुपमा उदयीमान नेपालगन्ज शहरमा शिक्षाको गुणस्तरका सवालमा प्रश्न उठिरहेका वेला यस स्कुलले भने समय सुहाउँदो शिक्षा प्रदान गर्नका लागि हरसम्भव प्रयास गरिरहेको छ । गुणस्तरीय शिक्षाको लागी शिक्षक अभिभावक, विद्यार्थीको त्रिकोणात्म सम्वन्धको भुमिकामा जोड दिनु पर्दछ भन्ने कुरा स्कुलले जानेको छ । त्यसैले त्रिपक्षीय आधार बाट गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि स्कुल संधै प्रतिबद्व छ ।
‘आधुनिक शैक्षिक प्रद्वतिले विद्यार्थीहरूलाई द्रुत रूपमा परिवर्तन भइरहेको समाजलाई बुझ्न, योगदान गर्न र सफल हुन तयार पार्छ । हामी हाम्रा विद्यार्थीहरूले राम्रो सफलता र नेतृत्वको लागि आवश्यक दक्षताहरू दुवै विकास गर्ने कुरा सुनिश्चित गर्छौं । हामी व्यवहारिक र सैद्वान्तिक ज्ञान प्रदान गर्न पनि नेतृत्व गर्नेछौं । जसले विद्यार्थीहरूलाई हाम्रो संसारलाई अझ राम्रोसँग बुझ्न र स्थानीय र विश्वव्यापी समुदायहरूको अवस्था सुधार गर्न सक्षम बनाउँछ ।’