स्टारलाइटले नयाँ वर्षमा ‘न्यु इएर इभ गर्दै’
Sunday, April 7th, 2024, 9:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ चैत
नेपाली नयाँ वर्षको अवसरमा होटल स्टारलाइटले ‘न्यू इएर इभ’ कार्यक्रम गर्ने भएको छ । ‘न्यू इएर इभ’मा होटल स्टारलाईटले राष्ट्रिय स्तरको कलाकारको उपस्थितीमा भव्य सांगेतिक कार्यक्रम गर्ने भएको हो ।
चैत्र ३० गते राती स्टारलाइटले राष्ट्रिय कलाकारको प्रस्तुतीसहित खानामा विशेष प्याकेज दिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
स्टारलाइट होटलका सिइओ कुमार मैनालीले अनुसार राष्ट्रिय कलाकारका साथ नेपाली नयाँ वर्ष मनाउन विशेष कार्यक्रम गरिन लागेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालीको नयाँ वर्ष सभ्य र भब्यरुपमा मनाउन हामीले अन्य होटलभन्दा फरक र विशेष अफर दिएका छौं ।’
सांगेगितका कार्यक्रमको लागि होटल स्टाललाइटले प्रतिब्यक्ति एक हजार नौ सय ९९ र जोडीले तीन हजार ४ सय ९९ मा असिमित स्न्याक, स्वागत ड्रिन्कसहित बुफे डिनरको सुविधा दिएको छ ।
१० वर्षमुनीका बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । साथै सामुहिकरुपमा टिकट लिएवापत एउटा टिकट निःशुुल्क गरिने होटल स्टारलाइटले जनाएको छ ।
सांगेतिक कार्यक्रममा लोक तथा दोहरी चर्चित गायीका शान्ति श्री परियार, कमेडियन आर्दश मिश्र, स्मारिका ढकाल र समारिका ढकालको प्रस्तुती रहनेछ । यसैगरी कार्यक्रममा अफ रोड ब्याण्डको प्रस्तुती रहनेछ । यसका साथसाथै लाइभ बार, लाइभ फुड स्टल, फायर वोर्क र फन गेम्स हुनेछ ।
होटलले समर अफरमा विभिन्न आर्कषक सुविधाहरु समेत दिएको सेल्स एण्ड मार्केटिङ अफिसर ड्यानियलले बताउनु भयो । आइतबार भएको पत्रकार सम्मेलनमा होटलका अपरेशनल म्यानेजर रमित श्रेष्ठ र फ्रन्ट अफिसर विनोद बुढाथोकीले नयाँ वर्षमा गर्न लागिएको भव्य रुपमा गरिने बताउनु भयो ।