कर्मचारीका समस्या बुझिदिन मन्त्री कुर्मीलाई कर्मचारी युनियनको आग्रह
Sunday, July 28th, 2024, 8:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ साउन
नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति बाँकेले लुम्बिनी प्रदेश सरकारको मन्त्री नियुक्त भएकोमा बादसाह कुर्मीलाई सम्मान गर्दै बधाई दिएको छ । नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति बाँके अध्यक्ष उद्धव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री कुर्मीलाई बधाई दिदैं संघीयताको कार्यान्वयनको चरणमा कर्मचारी क्षेत्रमा पनि थुप्रै समस्या देखिएकाले त्यसको समाधान गर्न तर्फ युनियनकर्मीले आग्रह गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दैं ४० वर्षे राजनितिक करियरमा जनताको काम इमानदारिताको साथ काम गर्दै आएको अहिले नयाँ जिम्मेवारीसँगै अवसर मिलेको बताए । लुम्बिनी प्रदेश सरकारले जनताको सग्रह विकासको लागि परिणाम ल्याउनको लागि काम गर्ने उनले बताए । कर्मचारीहरुले भोग्दै आएको समस्याहरुको बारेमा आफु अवगत भएको बताउँदैं मन्त्री कुर्मीले आर्थिक समस्यका बिच प्रदेशको विकासमा सबै क्षेत्रको मानिसको सहयोग र सक्रियताको आवश्यकता पर्ने बताए ।
नेपालगन्जमा भएको कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति बाँकेमा आवद्ध कर्मचारीहरुले मन्त्रीहरुलाई विभिन्न सुझाव दिएका थिए । बधाई कार्यक्रममा बोल्ने वक्ताले स्थानीय सेवा ऐन लुम्बिनी प्रदेश सरकारले पारित गर्नु पर्ने भएकोले त्यसको कार्यान्वयनमा ढिलाईरहेको बताएका थिए ।
उक्त ऐन कार्यान्वयनमा नआएका कारण स्थानीय तहमा समायोजन भएका कर्मचारीको बृद्धि विकास रोकिएको नेपाल निजामति कर्मचारी युनियनकर्मीले बताए । नयाँ संघीय निजामति सेवा ऐन पारित भएर कार्यान्वयनमा नआएका कारण संघमा समायोजन भएका कर्मचारीहरु मर्कामा परेको नेपाल निजामति कर्मचारी युनियनका पुर्व केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेशका सल्लाहकार नारायण प्रसाद लम्सालले बताए ।

………..
नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति बाँके सचिव पवन बुढाले संचालन गरेको कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय सदस्य गोपाल शर्मा, जयन्द्र पाण्डे, नेपाल निजामति कर्मचारी युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष लक्ष्मी वली केसी, पुर्व केन्द्रिय सदस्य नारायण प्रसाद लम्साल, नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति बाँकेका सल्लाहकार गोविन्द पाण्डे लगायतले मन्त्री कुर्मीलाई सफल कार्यकालको शुभकामना दिदैं उहाँको कार्यकालमा कर्मचारीहरुको बृद्धि विकासमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

……….