गुरुकुल बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारणसभा सम्पन्न
Thursday, September 12th, 2024, 8:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ भदौ
गुरुकुल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीमा सुशासन प्रविधि र एकीकरण भन्ने मुल नाराका साथ गरिएको उक्त कार्यक्रममा बोल्दै पछिल्लो समय धेरैजसो सहकारीहरुप्रति अविश्वसनीयता बढिरहेको अवस्थामा गुरुकुलले भने राम्रो र विश्वसनीय सेवा दिईरहेको अतिथीहरुले बताएका थिए ।

…..
अध्यक्ष प्रदिप चौधरीले संस्थाको प्रतिवेदन पेश गर्दै संस्थाद्वारा विभिन्न सामाजिक कार्य समेत गरिरहेको बताएका थिए । संस्थाले सामाजिक क्षेत्रमा रक्तदान गरेर, विद्यार्थीहरुलाई आवश्यक सामग्री प्रदान गरेर, जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने लगायतका कार्य गरेर सामाजिक क्षेत्रलाई समेत समेटेको बताए । उनले आगामी दिनमा पनि संस्थाको तर्फबाट समाजमा विभिन्न खालका सहयोग गर्ने योजना रहेको बताए ।
गत आ.व. २०८०÷०८१ मा संस्थाले ११ लाख ३४ हजार १ सय ७३ रुपैयाँ ३ पैसा बराबारको खुद नाफा गरेको उनले बताए । जसमा शेयर पुँजी १ करोड २६ लाख ६६ हजार ८ सय गदैं १० करोड ३३ लाख ६४ हजार २ सय ५४ रुपैयाँ ०६ पैसा कुल कारोबार गर्न संस्था सफल भएको छ ।
साधारणसभामा उत्कृष्ठ बचतकर्ता तर्फ शकिना बागवान, पार्वती देवि बैश्य, निजामुद्विन राई, फरिन राईलाई र ऋण सञ्चालक तर्फ सुनिता बैश्यलाई प्रशंसापत्र प्रदान गरियो । त्यस्तै महेश श्रेष्ठलाई कदर पत्र र युगल गिरीलाई सम्मान पत्र प्रदान गरियो ।

…..
यसै गरि उक्त १४औ साधारण सभाले प्रदिप चौधरीलाई पुनः अध्यक्ष पदका लागि सर्वसम्मत गरेको गुरुकुल सहकारीका कर्जा प्रमुख विष्णुनाथ योगीले जानकारी गराए । त्यसैगरी सभाबाट उपाध्यक्षमा सुवेक्षा श्रेष्ठ, सचिवमा समिर गिरि र कोषाध्यक्षमा पूजा गुप्ता सर्वसम्मत भएका छन् ।

….
साथै सदस्यहरुमा उमा गौचाल, रंजित लखेर र अनिल पूर्वाल सर्वसम्मत भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा भने सुरेन्द्र सिंह सरदार र सदस्यहरुमा लक्ष्मी देवी योगिनी, राजेस वैश्य सर्वसम्म चयन भएको योगीले जानकारी दिए ।

…..

….

….